घटना

चर्को स्वरमा गित नबजाउन आग्रह गर्दा एक महिलाको ज्यानै गयो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

एजेन्सी । दिल्लीको सिरासपुरमा छिमेकीले चलाएको गोली लागेर एक महिलाको मृत्यु भएको छ । गोली लागेर घाइते भएकी एक ३० वर्षीया गर्भवती महिलाको उपचारका क्रममा उस्पतालमा मृत्यु भएको हो ।

३ अप्रिलमा छिमेकी हरिशले उनीमाथि गोली प्रहार गरेका थिए । हरिशको घरमा आयोजित कार्यक्रममा चर्को स्वरमा संगीत बजाएपछि सानो स्वरमा बजाउन आग्रह गर्न गएकी उनीमाथि आरोपीले गोली प्रहार गरेका थिए ।

बिज्ञापन

डेपुटी कमिश्नर अफ पुलिस (आउटर दिल्ली) रवि कुमार सिंहले भने, ‘चर्को स्वरमा गित नबजाउन आग्रह गर्दा ति महिलालाई गोली हानियो । उनको अवस्था गम्भिर रहेको पाईएपछि उनलाई महानगरीय अस्पताल लगिएको थियो, जहाँ उनको उपचारको क्रममा मृत्यु भयो ।’

प्रहरीले मृतक मञ्जुका छिमेकी हरिशबिरुद्ध मुद्धा दर्ता गराएको छ । प्रहरीका अनुसार एफआईआरमा उनलाई भारतीय दण्ड संहिताको धारा–३०२ (हत्या) को आरोप लगाईएको छ ।

घटनामा संलग्न हरीशसहित उनका साथी अमितलाईसमेत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।