राजनीति

केपी ओली फेरि संसद विघटन गर्ने दाउमा छन् : माधव नेपाल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले संसद विघटनको दाउमा रहेको आरोप लगाएका छन् ।

बुधवार सुनसरी पुगेका अध्यक्ष नेपालले सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली संसद विघटन गर्ने दाउमा रहेको बताएका हुन् । उनले संविधान मिच्ने कुरालाई आफूले समर्थन गर्न नसक्ने भन्दै ओलीको उक्त सोचलाई पूरा हुन नदिने बताए ।

बिज्ञापन

उनले भने, ‘हामीले सुनेका छौं । नेकपा एमाले संसद विघटन गरेर मध्यावधि चुनावमा जाने दाउमा छ । तर हामी त्यो बाटोमा जान सक्दैनौं । केपी आलीको त्यो संविधान मिच्ने कुरालाई हामी समर्थन गर्न सक्दैनौं ।’

नेता नेपालले मन र विचार मिल्नेहरूसँग बहस र छलफल गर्न तयार रहे पनि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भने एकताको सम्भावना नरहेको बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।