रविविरुद्ध अख्तियारमा खेम भण्डारीको उजुरी
लोक कल्याणकारी विज्ञापन

धनगढी । कञ्चनपुरका पत्रकार खेम भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन्।
उनले शुक्रबार सभापति लामिछानेविरुद्ध अख्तियारमा अनलाइन उजुरी दिएका हुन्।
बिज्ञापन

गृहमन्त्री हुँदा लामिछानेले राष्ट्रिय परिचयपत्र रुजुसम्बन्धी गैरकानुनी कार्यविधी बनाएर भ्रष्टाचार गर्ने नियतले ठेक्का आव्हान गरेको विषयमा उजुरी दिएको पत्रकार भण्डारीले बताए।
‘आज मैले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनलाइन उजुरी दिएको छु,’ उनले भने, ‘उजुरी दर्ता भइसकेको छ।’
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
