डाक्टर प्रशन्ना मृत्यु प्रकरणमा जोडिएका भट्टराई पक्राउ

धनगढीः धनगढीको मायामेट्रो अस्पतालमा कार्यरत डाक्टर प्रशन्ना शाह मृत्यु प्रकरणमा जोडिएका अर्का व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मायामेट्रोमै कार्यरत डाक्टर सन्दिप भट्टराईलाई प्रहरीले शनिवार नियन्त्रणमा लिएको हो। डाक्टर शाह बिहीवार घरमै मृत फेला परेपछि परिवारले भट्टराई र धनगढीकै विकल केसी विरुद्ध आत्महत्या दुरूत्साहनको मुद्दा दिएका थिए। केसी पहिले नै प्रहरीको सम्पर्कमा पुगे पनि भट्टराईलाई भने प्रहरीले समातेको थिएन्।

मृतक शाहका परिवारले दुबै जनालाई तत्काल नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपर्ने माग राखे पनि कैलाली प्रहरीले शनिवार दिउँसोसम्म भट्टराईलाई समात्न नसकेको भन्दै गुनासो गरेका थिए। घटनामा नाम जोडिएका व्यक्ति बाहिर बस्दा प्रमाण मेटाउन सक्ने भन्दै तत्काल प्रकाउ गरेर अनुसन्धान थाल्न परिवारले माग गर्दै आएका थिए।
भट्टराई साँझ साढे चार बजे प्रहरी नियन्त्रण आइसकेको कैलाली प्रहरी प्रमुख, प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालले जनाए। केसी र भट्टराई विरुद्ध किटानी जाहेरी आएकाले दुबै जनालाई हिरासतमा राखेर कानूनअनुसार अनुसन्धान थालिने प्रहरी उपरीक्षक पालले बताएका छन्।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
