स्वास्थ तथा सरसफाइ

पालपामा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कार्तिक ,११
पालपामा कोरोना भाइरसबाट थप दुई जनाको मृत्यु भएको छ।लुम्बिनी मेडिकल कलेजमा उपचार एक पुरुष र महिला गरि दुईको सोमबार राती मृत्यु भएको छ।


दुर्घटना परेर अस्पतालमा ल्याइएकी ती महिलाको स्वाब परिक्षण गर्दा कोरोना देखिएको थियो ।उनमा कोरोनाका लक्षण पनि देखिएको अस्पतालले जनाएको छ।

बिज्ञापन


रुपन्देहीमा भेन्टिलेटर नपाएर पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचार गर्ने आएका ७४ वर्यीय पुरुषको सोमबार राती मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ अस्पतालका अनुसार ती पुरुषमा श्वासप्रश्वासको समस्या थियो।

पुर्वखोला गाउँपालिकाकी ६९ वर्यीय महिलाको पनि सोमबार राती मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।


पालपामा हालसम्म १ हजार ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ , भने ८सय ५८ जना निको भएका छ्न।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply