अवर्गीकृत

कोभिड-१९को संक्रमणको कारक बन्दै बस व्यावसायि र राजमार्ग छेउका होटल हरु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad
हातमुख धुन लाइन लागेका यात्रुहरू

बैशाख १४ नेपालगंज
नंया भेरियन्ट सहित फैलिन थालेको कोरोना संक्रमणको कारक बस व्यावसायि र राजमार्ग छेउका केहि होटल संचालक बन्न थालेका छन।

बैशाख १६ गते बाट राजधानी लगायतका उपत्यका हरुमा लकडाउन हुने भएपछि राजधानी बाट घर फर्किने हरुको ओइरो लागे लागेको छ। यसको मौका छोपी राजधानी बाट घर फर्कने यात्रुलाई भेडा बाख्रा जसरी गाडीमा हुलेर राख्ने गरेको छ भने पुर्ब पश्चिम राजमार्ग छेउछाउका होटल व्यावसायी तथा बसव्यावसायि हरुको मिलेमतोमा क्षमता भन्दा धेरै यात्रु राखेर गाडी गुडाइ रहेका छन भने यतिमात्र होइन यसरी खचाखच भरिएका बसमा रहेका यात्रु भएका ५/६वटा बसले साझ पखको खाना खाने ठाउँ पनि एकै होटल लाई तोक्ने गरेको छ।

बिज्ञापन
होटलको ढोकामा बाहिर भित्र गर्दै

यसरी यात्रा गरिरहेका एक काठमाडौमा आयुर्वेद शिक्षा अध्यन गर्दै गरेका एक विद्यार्थीले मालिका समाचारलाई आफुले सारै दुख पाएको गुनासो गरेका छन।
उनका अनुसार बस व्यावसायि र होटल संचालक बीच रकम लेनदेन र मदिरा मासु फ्री गर्ने गरेको र यात्रु हरुलाइ बासी खाना खुवाउने गरेको पनि बताएका छन।

बुधबार काठमाडौको कलंकी बाट चढेको गाडीले चुम्लिङटार स्थित एभरेस्ट होटल एन्ड क्याफेमा ५ ओटा गाडी एकै ठाउँमा रोक्दा दिसापिसाब गर्ने तथा हातमुख धुन समेत लाइन कुर्नु परेको बताए
एभरेस्ट होटल एन्ड क्याफे चुम्लिङटारमा ना८ख २२३६,प्रदेश ३-०१/००६ख०९८२,प्रदेश ३-०१/००६ ख०९७४,ना८ख७६६८,ना७ख७३३९लगायतका गाडी हरु उक्त होटलमा रोकायर दुख पाइएको बताए । तिब्रताले फैलि रहेको कोभिड-१९को नंया रुपले यति यात्रु मध्य कसैलाई संक्रमण रहेको भए धेरै लाई सर्न सक्ने पनि ती विद्यार्थीले बताए ।

खाना खान बसेका यात्रु हरु
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply