मनोरञ्न

माओवादीले विधान संशोधन गर्ने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेकपा माओवादी केन्द्रले विधान संशोधन गर्ने भएको छ ।

पार्टी प्रवक्ता कृष्णबहादुर महराले केही कमिटी विधान विपरीत भएकाले विधान संशोधन गर्न लागिएको बताए । कमिटीहरुमा समावेशिताकाे सुनिश्चितताका लागि विधान संशोधनकाे निर्णय स्थायी कमिटीले गरेकाे उनले बताए ।

बिज्ञापन

स्थायी कमिटी बैठकपछि पत्रकारहरूसँग बोल्दै उनले भने, ‘आज विधान संशोधन गरेर । कमिटीहरूमा थप केही महिला, समावेशी, केही युवा र छुटेका सिनियर साथीलाई ल्याउने भन्ने भएको छ । को ल्याउने भन्ने निर्णय भएको छैन ।’

यस्तै केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको राजनीतिक र सांगठनिक प्रतिवेदन पेश गर्नेछन् । यस्तै उनले अहिले सरकार र पार्टीको कामकारबाहीको विषयमा पनि आफ्ना कुरा राख्ने उनले बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।