राजनीति

जसपाको माग- गौरभन्दा पहिले माओवादीले हजारौं मान्छे मारेका हत्याकाण्डको छानबिन हुनुपर्छ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । गौर हत्याकाण्डको छानबिन गर्ने भनी सरकारले गरेको सहमतिबाट बिच्किएको सत्तारुढ जनता समाजवादी पार्टीले माओवादीले जनयुद्धकालमा गरेका हत्याकाण्डको पनि छानबिन हुनुपर्ने भनेको छ ।

जसपाले आजै दिउँसो सरकारले गौर हत्याकाण्डको फाइल खोल्ने भनेर गरेको पछिल्लो सहमतिबारे पार्टीको आधिकारिक धारणा राख्न पत्रकार सम्मेलन गर्दैछ । त्यसअघि जसपा नेता तथा सांसद प्रदीप यादवले माओवादीले गरेका हत्याकाण्डको पनि छानबिन हुनुपर्ने बताए ।

बिज्ञापन

यादवले नेपाल प्रेससँग भने, ‘गौर हत्याकाण्ड माओवादीले निहुँ खोजेर भएको भन्ने पतिवेदन हरि घिमिरेको न्यायिक आयोगले समेत दिएको हो । अहिले आएर जुन नियतले यो कुरा उठाइएको छ, त्यसो हो भने माओवादीले गरेका हजारौंको हत्या काण्डहरुको पनि छानबिन हुनुपर्छ, किनभने पीडितहरूले जिल्ला जिल्लाबाट निवेदन दिएका छन् ।

गौर हत्याकाण्डको छानबिन गर्ने भनेकै कारण सरकारबाट जसपा बाहिर नजाने समेत यादवले बताए । उनले यसबारेमा पार्टीको धारणा आजै पत्रकार सम्मेलनबाट सार्वजनिक हुने बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।