राष्ट्रिय समाचार

सडक विभागमा ताला लगाउन पुगेका ४५ निर्माण व्यवसायी पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जे लामासहित ४५ जना पक्राउ परेका छन् ।

विभिन्न मागहरु राख्दै आइतबार बिहानै ललितपुरस्थित सडक विभाग र सिँचाइ विभागमा ताला लगाउन पुगेका
उनीहरुलाई प्रहरीले नियन्त्रणमा दिएको हो । सरकारी कार्यालयमा तालाबन्दी गर्न खोजेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको ललितपुर प्रहरी प्रमुख सिद्धिविक्रम शाहले जानकारी दिए ।

बिज्ञापन

उनीहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ललितपुरमा राखिएको छ । निर्माण भुक्तानीको रकम तत्काल उपलब्ध गरिनुपर्ने, ठेक्काको म्याद थप गर्नुपर्ने लगायतका माग राख्दै निर्माण व्यवसायीहरु केही दिनदेखि आन्दोलनरत छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।