अवर्गीकृत

सभामुख-सचेतकको बैठक निष्कर्षविहीन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । संसद्को अवरोध खुलाउन सभामुख देवराज घिमिरेले राखेको दलका प्रमुख सचेतक र सचेतकहरूसँगको बैठक विनानिष्कर्ष सकिएको छ।

बैठकमा सत्ता र प्रमुख प्रतिपक्ष दुवैले आफ्नो अडान नछाड्दा बैठकमा कुरा नमिलेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताए।

बिज्ञापन

उनले भने, ‘अहिले सत्तापक्ष र प्रतिपक्षको अडान उही छ। अझै प्रतिपक्षले हामी बलियोसँग उभिन्छौँ भन्ने अडान राखेको छ। अब यहाँ कुरा मिल्न सकेन। अब प्रधानमन्त्रीले डाक्नुभएको बैठकमा कुरा मिल्ला कि भन्ने अपेक्षा छ।’

बैठकमा आफूले दुवैतर्फको अडानले संसद्लाई बन्दी बनाउँदा राम्रो नगरेको बैठकमा राखेको बताए।

उनले भने, ‘सदनमा अन्य दल पनि छन्। जनमतको लोकप्रियता पनि बुझ्नुभएको छ। हामी जनताबाट आएको हौँ फेरि जनतामै फर्किएर कुरा राख्छौैं तर, यहाँ व्यवस्थामाथि नै प्रश्न उठ्यो।’

बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतक र प्रमुख सचेतक सहभागी थिए।

प्रतिनिधिसभा बैठक आजै दिउँसो १ बजेका लागि आह्वान गरिएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै नेकपा एमालेले संसद् अवरोध गर्दै आएको छ । सरकार समिति गठनको पक्षमा नहुँदा अझै कुरा मिल्न नसकेपछि प्रधानमन्त्रीले पनि बैठक राखेका छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।