राष्ट्रिय समाचार

युवतीलाई आफ्नै रेष्टुरेन्टमा बोलाएर बलात्कार

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ, नेपाल बेलबारी नगर कमिटी अध्यक्ष काशीराज तामाङ पक्राउ परेका छन् ।

मोरङको बेलबारी नगरपालिका–१० घर भएका ३४ वर्षीय तामाङलाई प्रहरीले बलात्कारको आरोपमा बिहीबार पक्राउ गरेको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले एक २० वर्षीया युवतीले असार २ गते बलात्कार गरेको भनि २४ गते किटानी जाहेरी दिएपछि पक्राउ गरिएको जानकारी दिए ।

बिज्ञापन

तामाङ पोललाइट रेस्टुरेन्टका सञ्चालक पनि हुन् । सोही रेष्टुरेन्टमा बोलाएर बलात्कार गरेको उजुरीमा उल्लेख छ । तामाङविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।