घटना

ढुंगाले लागेर मोटरसाइकलमा सवार एक जनाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली । डडेल्धुरामा सडकमाथिबाट खसेको ढुंगाले लागेर मोटरसाइकलको पछाडि सवार व्यक्तिको मृत्यु भएको छ ।

गन्यापधुरा गाउँपालिका–२ रडुवास्थित केआई सिंह राजमार्गमा गएको पहिरोबाट खसेको ढुंगाले लागेर डडेल्धुराकै अमरगढी नगरपालिका–४ का १८ वर्षीय राकेश ऐरको मृत्यु भएको प्रहरीले हो ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका निमित्त प्रमुख प्रहरी निरीक्षक कुसुम नायकका अनुसार दिपायलबाट डडेल्धुरातर्फ आउँदै गरेको म.१ प.८८३० नम्बरको मोटरसाईकल पछाडि सवार ऐरको शनिबार ढुंगा लागेर घाइते भएका थिए ।

टाउकोमा चोट लागेर गम्भीर घाईते भएका उनलाई डडेल्धुरा अस्पतालले धनगढीस्थित निसर्ग अस्पतालमा रेफर गरेपनि आइतबार बिहान उनको मृत्यु भएको हो । मोटरसाइकल चालक डडेल्धुरा अमरगढी नगरपालिका–४ का ३५ वर्षीय नरेन्द्र पनेरु सकुशल रहेको प्रहरीले बताएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।