राजनीति

कोशीमा सरकार भत्काउने गठबन्धनको प्रपञ्च छ, मुख्यमन्त्री इमानदार रहेसम्म समर्थन गर्छौं : पोखरेल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कोशीमा गठबन्धनले सरकार भत्काउने प्रपञ्च थालिसकेको आरोप लगाएका छन्।

प्रेस चौतारी सिन्धुलीले गरेको पत्रकार सम्मेलनमा बोल्दै कोशीका मुख्यमन्त्री केदार कार्की इमानदार ढंगले अघि बढेसम्म एमालेले साथ दिने बताए।

बिज्ञापन

उनले भने, ‘अहिलेको गठबन्धन असफल भएको परिप्रेक्षमा कोशीले एउटा उदाहरण दिनुपर्छ भन्ने कुरा हाम्रो रहेको छ। यद्यपि सत्ता गठबन्धन सरकार भत्काउने दाउपेचपूर्ण राजनीतिमा जान खोजेको छ। जसको जगमा सरकार निर्माण भएको छ त्यसलाई भत्काउने प्रपञ्च सुरु भइसकेको छ। मुख्यमन्त्री जसको जगमा हुनुभएको छ उहाँले आफ्नो इमान कायम राख्नुहुन्छ भन्ने ठान्छु। उहाँ इमानदारितापूर्वक अगाडि बढेसम्म हाम्रो साथ रहन्छ।

कोशीमा सरकार विहीन हुन नदिन कांग्रेस नेतालाई समर्थन गरेको बताए। आजको संवैधानिक व्याख्याको परिस्थितिको रूपमा अहिलेको सरकार बनेको बताए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।