राजनीति

दुल्लु पुगेर ओलीले गरे पेट्रोलियम उत्खनन् क्षेत्रको अवलोकन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काडमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार बिहान दैलेखको दुल्लु पुगेर पेट्रोलिएम पदार्थ उत्खनन् क्षेत्रको अवलोकन गरेका छन् ।

एमालेले सुरु गरेको मेची महाकाली पदयात्राको क्रममा अध्यक्ष ओलीसहितका एमाले नेताहरु आज बिहान दुल्लु पुगेका हुन्।

बिज्ञापन

अध्यक्ष ओलीले दुल्लु भैरवी १ स्थित पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन गरेका हुन् । अवलोनका क्रममा उनले त्यस सम्बन्धी आवश्यक जानकारी लिएका छन्।

अध्यक्ष ओलीले श्रीस्थान मन्दिरको पनि दर्शन गरेका छन्। एमालेले सुरु गरेको ‘झुलाघाट-चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियान अन्तर्गत आज दिउँसो सुर्खेतको पार्टी कार्यालय परिसरमा जनसभाको आयोजना गरेको छ।

जनसभामा अध्यक्ष ओलीसहितका नेताले सम्बोधन गर्ने कार्यक्रम छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।