घटना

भेलुबाजे भनेर चिनिने मिनबहादुर बुढामगरको निधन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ – विभिन्न सामाजिक सञ्जाल मार्फत भाइरल रहेका भेलुबाजे नामले परिचित प्यूठानका मिनबहादुर बुढामगरको निधन भएको छ।

विभिन्न सामाजिक संजालमा समाजमा अपाच्य शब्द बोलेर भाइरल भएका उनको बिहीबार प्यूठान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको आफन्तले जानकारी दिएका छन्।

बिज्ञापन

यस अघि युटुबर भोजराज थापाले उनको उपचार गरेर मादक पदार्थ सेवन नगर्ने प्रतिबद्धता जनाए पनि उपचार पछी केहि दिन मै मादक पदार्थ सेवन गर्न सुरु गरेका मिन बहादुरको अत्याधिक मादकपदार्थ सेवनको कारण बिरामी भएपछि अस्पताल भर्ना भएका थिए। उनको उपचारको क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

केहि महिना अघि उनकी श्रीमतीको पनि मृत्यु भएको थियो।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।