हुरीले ढालेको रुखले च्यापिएर एकजनाको मृत्यु
लोक कल्याणकारी विज्ञापन

नवलपरासी । नवलपरासीको को मध्यविन्दु नगरपालिका– १२ मा हुरीले ढालेको रुख शिरमा बज्रदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ६९ वर्षीय चित्रबहादुर थापा छन् ।
लोक कल्याणकारी विज्ञापन

थापा स्थानीय ठूलोपोखरा सामुदायिक वनमा बाख्रा चराउन गएको बेला चलेको हुरीले रुख ढाल्दा टाउकोमा बज्रन पुगेको थियो । जिल्ला प्रहरी कार्यालय नवलपरासी९बर्दघाट सुस्तापूर्व०का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडलका अनुसार आज बिहानको हुरीले रुख ढालेको रुख बज्रदा थापाको मृत्यु भएको हो ।
लोक कल्याणकारी विज्ञापन

वनमा गएका सुरक्षाकर्मीले उनलाई मृतावस्थामा फेला पारेका हुन् । थापाको शव परीक्षणका लागि मध्यविन्दु जिल्ला अस्पताल पठाइएको छ ।
बिज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

