नुहाउन गएका दिदीबहिनी मृत भेटिए

पोखरा । स्याङ्जाको पुतलीबजारमा पानीको दह (कुवा) मा एकै घरका दुई दिदीबहिनी मृत फेला परेका छन् ।
मृत्यु हुनेमा पुतलीबजार नगरपालिका वडा ४ का नरेन्द्रबहादुर थापाका छोरीहरु लक्ष्मी थापा र सुस्मिता थापा हुन् । १४ वर्षीया लक्ष्मी कक्षा ९ र उनकी बहिनी १२ वर्षीया सुस्मिता कक्षा ५ पढ्थिन् ।

आइतबार घर नजिकै पधेँरामा नुहाउन र लुगा धुन भनी गएका उनीहरु लामो समयसम्म नफर्केपछि खोजी गर्ने क्रममा रामकोष स्वाँरास्थित पानीको दहमा डुबेको अवस्थामा फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार उनीहरुको डुबेर मृत्यु भएको प्रारम्भिक अनुमान छ । सो घटना’bout थप अनुसन्धान भइरहेको छ । रामकोष स्वाँरास्थित पधेँरो घरभन्दा करिब ५ सय मिटर टाढा पर्दछ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
