मनोरञ्न

आस्माले चुमिन मिस नेपालको ताज

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । मिस नेपाल वल्र्ड २०२४ को उपाधि आस्माकुमारी केसीले चुमेकी छन् । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार बेलुका सम्पन्न अन्तिम प्रतिस्पर्धामा उत्कृष्ट जवाफ दिएर आस्मा ३०औं संस्करणको मिस नेपाल वल्र्डको उपाधि जित्न सफल भएकी हुन् ।

हिडन ट्रेजरले हरेक वर्ष आयोजना गर्दै आएको मिस नेपाल प्रतियोगिताको यस संस्करणमा मुलुकभरबाट २६ जना फाइनल प्रतिस्पर्धीहरू अन्तिम प्रतिस्पर्धामा उत्रिएका थिए । आफ्ना २५ प्रतिस्पर्धीलाई उछिनेर आस्माले यस वर्षको उपाधि जितेकी हुन् । ग्रान्ड फिनाले समारोहमा आस्मालाई पूर्वमिस नेपाल श्रीच्छा प्रधानले ताज लगाइदिइन् ।

बिज्ञापन

नारी अधिकारको आवाज उठाउँदै सामाजिक कार्यमा आफूलाई समर्पित गर्ने घोषणा गरेकी आस्माले अब नेपालको प्रतिनिधित्व गर्दै ७२औं संस्करणको मिस वल्र्डमा भाग लिने भएकी छन् । सम्भवतः मिस वल्र्ड २०२४ आगामी डिसेम्बरमा हुने सम्भावना रहेको छ ।

यही प्रतियोगितामा फस्ट रनरअपका रूपमा मिस नेपाल अर्थ २०२४ को उपाधि सुमना केसीले हाँसिल गरेकी छन् । सुमनाले अब तीन महिनापछि आयोजना हुने मिस अर्थमा नेपालका तर्फबाट सहभागिता जनाउनेछिन् ।

यसैगरी, मिस नेपाल इन्टरनेसन २०२४ को ताज करूणा रावलले हाँसिल गरेकी छन् । प्रतियोगितामा सेकेन्ड रनरअप हुनेलाई मिस नेपाल इन्टरनेसनलको उपाधि प्रदान गरिन्छ । करुणाले सन् २०२४ को मिस इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने आयोजक हिडेन ट्रेजरले जनाएको छ ।

यस्तै, सो ग्रान्ड फिनाले समारोहमा बेस्ट फिजिक, मिस कन्जिनालिटी, मिस इन्टेलेक्ट, मिस भिजिनरी, मिस ट्यालेन्टसहित अरू विभिन्न ११ वटा विधामा पनि उपाधि प्रदान गरियो । यसपटक मिस माल्टा, मिस इन्टरनेसनलका निर्देशकसहितका विदेशी अतिथिहरू पनि शनिबार सम्पन्न ग्रान्ड फिनालेमा सहभागी थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।