डडेल्धुरामा बाख्रा चराउन गएका एक पुरुष मृत फेला
लोक कल्याणकारी विज्ञापन

डडेल्धुराः डडेल्धुरामा बाख्रा चराउन गएका एक पुरुष मृत फेला परेका छन्। जिल्लाको परशुराम नगरपालिका–१० बागथलीका ४० वर्षीय अम्मरबहादुर विष्ट आज बिहान मृत फेला परेका हुन्।
विष्ट आइतबार बाख्रा चराउने क्रममा नजिकैको जंगमा गएका थिए। वर्षासँगै परेको चट्याङ लागेर उनको मृत्यु भएको आशंका गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। विष्टको शव पोष्टमार्टमका लागि जोगबुढा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
