घटना

स्कुटर दुर्घटनामा एक जनाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

तानसेन, भदौ १७ गते । पाल्पामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुर–१० गेझा बर्दलेका ४० वर्षीय यमबहादुर खरुमगर रहेको प्रहरीले जनाएको छ ।

सोमबार बिहान ९ बजेतिर पाल्पाको रामपुर–१० बर्दलेबाट रामपुरकै रामटारतिर जाँदै गरेको लु ४४ प नम्बरको स्कुटर अनियन्त्रित भई सडक किनारमा रहेको डिभाइडरमा ठोक्किन जाँदा खरुमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

बिज्ञापन

दुर्घटनाबारे थप अनुन्धान भइरहेको पाल्पाका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।