घटना

सुन्दरीजलमा मृत भेटिएकी महिलाकाे हत्या भएकाे पुष्टि, २ जना पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । काठमाडौंको सुन्दरीजलमा मृत भेटिएकी महिलाको हत्या भएको खुलेको छ । प्रहरीले महिलाको हत्या आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाही चक्रघट्टा गाउँपालिका०३ बस्ने ४० वर्षीय राम बिनय महरा र सर्लाही बसगरिया गाउँपालिका ५ घर भई हाल बसुन्धारा बस्ने २४ वर्षीय सन्तोष राम महरा रहेका छन् ।

बिज्ञापन

गत बिहीबार सुन्दरीजलमा ढुंगाको चेपभित्र शंकास्पद अवस्थामा महिलाको शव भेटिएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्दबाटखटिएको प्रहरी टोलीले महिला साथबाट एकिन नाम थर वतन खुल्ने विवरण तथा कागजात केही फेला परेको थिएन ।

विभिन्न प्राविधिक पक्षहरु तथा मानवीय सुचनाहरुको विश्लेषण गरी अनुसन्धान गर्दै जाँदा उक्त घटनामा सलंग्न भएको आरोपमा प्रहरीले हिजो दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। उनीहरुलाई बसुन्धराबाट पक्राउ गरी थप अनुसन्धान अघि बढाएको काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

हत्या गरिएको महिलाको पहिचान भने खुलेको छैन । उनी सिराहा घर भई हाल बसुन्धारा बस्दै आएकी राम दुलारी भन्ने बुझिएको छ । एसपी अधिकारीका अनुसार हालसम्म उनको परिवार तथा आफन्त सम्पर्कमा आएका छैनन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।