प्रवास

संयुक्त नेपाली महासंघ मुम्बईद्वारा हरितालिका तीज सम्पन्न

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

युवराज न्यौपाने

मुम्बई, ०९ सेप्टेम्बर । संयुक्त नेपाली महासंघ मुम्बईद्वारा हरितालिका तीज सम्पन्न भएको छ । प्रगतिशील र गौरवशाली बिशुद्ध सामाजिक संस्था संयुक्त नेपाली महासंघ (रजि.) मुम्बई भारतद्वारा आयोजीत हिन्दु नारीहरुको महान पवित्र पर्व–हरितालिका तीजको कामना गर्दै कर्यक्रम सूत्र सञ्चालन संयुक्त नेपाली महासंघका महामंत्री विष्णु काफ्ले, संस्कृति मंत्री वैजयन्ती रावलले गर्नुभएको थियो ।

बिज्ञापन

उक्त कार्यक्रम केन्द्रिय उपाध्यक्ष शिक्षा सांस्कृति सीता काफ्लेको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको मुख्य अतिथी महेश सेठ गायकवाड, नगर सेवक (शिवसेना शहर कल्याण) कोे उपस्थितिमा प्रथा अनुसार दीप प्रज्वलन नेपाल र भारतको राष्ट्रीय गानद्वारा बैधानिक र विधिपूर्वक सुरू गर्नु भएको थियो भने न्यानो निमन्त्रणा स्वीकार गरि आफ्नो अमुल्य समय लाई अझै अविस्मरणीय बनाई यस कार्यक्रममा उपस्थित हुनु भएका सम्पूर्ण आमा, दिदी बहिनीहरुलाई बिशेष धन्यवाद दिदै कार्यक्रमलाई योजनाबद्ध सुचारु तरिकाले भब्य र सभ्य रूप मा सम्पन्न गराउनुमा रातदीन खटिनु भएका, संयुक्त नेपाली महासंघ (रजि.) मुम्बईका केन्द्रिय अध्यक्ष युवराज न्यौपाने लगायत सम्पूर्ण पदाधिकारी, कार्य समिति सदस्यहरु, आदरणीय वरिष्ठ, प्रमुख र उपप्रमुख सल्लाहकार, सल्लाहकारहरु एवं वरिष्ठहरुको अतुलनीय मार्गदर्शनका लागि धेरै धेरै धन्यवाद दिइएको थियो ।

आदरयुक्त निमन्त्रणा स्वीकार गरि आउनुभएका माननीय मुख्य अतिथि गण, विभिन्न संघ संस्थाका सस्थापक, अध्यक्ष,स दस्य सम्पूर्णलाई हार्दिता पूर्वक स्वागत गर्नु भएको थियो । समय र सिमाको परिधिलाई नाघेर उमंग का साथ आउनु भएका– संयुक्त नेपाली महासंघ, गोरेगाँव शाखाका माननीय अध्यक्ष दिनेश भट्टराई लगायत सम्पुर्ण माननीय पदाधिकारीहरु एवं कार्यकारिणी सदस्यहरु साथै सम्पुर्ण आमा, दिदी बहिनी लगायत मित्रगण लाई धेरै धेरै धन्यवाद दिएको थियो ।

कल्याण–डोम्बिवली शाखाका माननीय अध्यक्ष यज्ञ प्रसाद पौडेल, माननीय पदाधिकारीहरु एवं कार्यकारिणी सदस्यहरु लगायत, हामी नेपालीहरुको पारम्परिक परिकार–स्वादिष्ट सेलरोटी र अचार बनाई खाजाको रूपमा पस्कनु हुने सम्पुर्ण दिदी बहिनीहरुलाई धेरै धेरै धन्यवाद दिइएको थियो ।

आफ्नोे ब्यस्त दैनिकीबाट समयको परिपाटी मिलाई, नृत्य अभ्यास र गायन अभ्यास गरि हाम्रो संस्कृति लाई नृत्य र मौलिक गीतको कोसेलीकोे साथ आधुनिक, लोक गीतको बेजोड प्रस्तुती रहेको देखियो ।
बाक्लो उपस्थिति दर्शकमाझ स्वागत गीतको बेजोड प्रस्तुती रहेको थियो ,प्रथम प्रस्तुति केन्द्रिय उपाध्यक्ष सीता काफ्ले, सांस्कृति मंत्री वैजयन्ती रावल महिला पदाधिकारी, कार्य समितिहरूको दमदार नृत्य अभिनय रहेको थियो भने लगत्तै अर्को प्रस्तुति प्रथम नव नियुक्त गरिएको कल्याण शाखा, सांस्कृति मंत्री लक्ष्मी महत, सह–महामंत्री सरीता रेग्मी महिला पदाधिकारी, कार्य समिति सदस्यद्वारा स्वागत अभिवादन नृत्य, मौलीक गीतकोे साथ अप्रतिम दमदार प्रस्तुती दिनु भएको थियो । संगसंगै गोरेगाउँ शाखा महामंत्री लक्ष्मी कार्कीकोे नेतृत्वमा महिला पदाधिकारी,समिति सदस्यहरूको अदभूत कला, मौलिक, संस्कृतिको झलकको प्रस्तुति रहेको थियो ।

साथै चकला महिला बिभाग, महिला सदस्य, बाल कलाकार ,चेलीहरूको बेजोड प्रस्तुति लगातार बाक्लो प्रशंसा माथीको रहेको थियो । प्रवासी नेपालीको हक, हित सांस्कृतिक, भाषा, खेलकूद, समाजिक समस्याको समाधान गर्दै आएको छ ।

मुम्बई लगायत आसपासका ठाने, कल्याण, डोबिवली जस्ता ठाँउहरुमा बाक्लो संख्यामा प्रवासी नेपालीहरु छन् । हरितालिका पर्वको रौनक स्वदेशमा मात्र नभएर विदेशी भुमिमा पनि उत्तिकै हर्षोल्लासका साथमा मनाइरहँदा कार्यक्रम एकैदिन धेरै भएतापनि संघ को मंचमा भने सोचे भन्दा बाक्लो उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा विभिन्न ठाँउहरुबाट आउनुभएका प्रमुख अतिथि, नगरसेवक, समाजसेवी महेश दशरथ गायकवाड़, अतिथिमा मास्टर थापा, सुनील बराल, क्ष्ःभ् भारतका अजय शुक्ला, हर्कÞ बहादुर स्वार, नेपाल सशस्त्र प्रहरीका पूर्व एस.पी हर्क बहादुर रावल, राष्ट्रवादी कांग्रेस पार्टी महाराष्ट्र प्रदेश उपाध्यक्ष महेश शिंदे, डायरेक्टर, अभिनेता आकाश अधिकारी, कुम्फू मास्टर सी के सिंह, डॉट फाउंडेशन की संचालिका निर्मला ठाकुर, पूर्व शिवसेना नागरसेविका राधा फतहे बहादुर सिंह लगाएत विभिन्न ठाउँबाट पाल्नु भएका बुद्धिजीवीहरुको विशेष उपस्थिति रहेको थियो । आगन्तुक दिदिबहिनी दाजुभाइहरु सबैलाई प्रवेशद्वारमा रातो अक्षता लगाई गुलाबको फूलले स्वागत गरिएको थियो यस कार्यक्रममा उपस्थित सबैको लागि तिजको दर (खानपान) को राम्रो व्यवस्था सेल रोटी र अचारसंग पस्किएको थियो ।

प्रविधिको विकाससंगै मौलिक पर्वहरु थप सशक्त र शोभनीय देखिनुको सट्टा पर्वहरु झन विकृति र भड्किलो बन्दै गइरहेको बेला प्रवासको यो स्टेजमा भने आफ्नै मौलिक भाकामा जोरले मादल घन्काउदै  संयुक्त नेपाली महासंघ मुंबई परिवारका दिदि बहिनीहरू ताल र संगीतकोे आनंद लिदै नृत्य÷गायनमा मग्न थिए । 

कार्यक्रमको रौनकताले विदेशको भुमीमा प्रस्तुति दिंदा स्वदेशमै भएको अनुभुती भएको आगन्तुक सबैले व्यक्त गरेका थिए । अत्यन्तै हर्षित अनुहारमा नाचिरहेका महिला दिदिबहिनीहरु तोकिएको समय सकिँदा पनि नाचेर नथाकेको बताए । कार्यक्रम एकदमै भव्य र सभ्यताका साथ सम्पन्न भएको थियो । बीच बिचमा स–साना नानिहरुको नृत्यले कार्यक्रम झन आकर्षक देखिएको थियो ।

सम्पुर्ण दिदी बहिनी अनि छोरीहरुलाई कोटि कोटि धन्यवाद ज्ञापन कोे साथै यस पावन अवसरमा दिदी बहिनीहरुको भेटघाट, दर खाने एवं सांस्कृतिक कार्यक्रम ऐतिहासिक धरोहर बोकेको शहर कल्याण–डोम्बिवलीमा भब्य र सभ्य अनि सफलता पुर्वक सु–सम्पन्न भयो । आगामी दिनहरुमा पनि हाम्रो संयुक्त नेपाली महासंघ परिवार एकजुटता बोकेर प्रत्येक कार्य लाई सफल बनाउदै, सामाजिक कार्यमा अग्रस्थानमा रहने दृढ संकल्पको साथ अगाडि बढदै जाने छौं । उक्त कार्यक्रममा सम्पुर्ण संघ–संस्थाका प्रतिनिधिहरु साथमा रहनु भएका साथीहरुले उक्त कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल बनाईदिन सहयोग गर्ने सहयोगी दाताहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । आकर्षणकोे प्रस्तुति (झिल्के रोपाइँ) मन पराएर प्रमुख अतिथि दिदीबहिनीहरूसंग फोटो खिच्न मञ्चमा पुग्नु भएको भएको थियो ।

अन्त्यमा उपस्थिती सबैलाई बिशेष धन्यवाद दिदै संयुक्त नेपाली महासंघ मुंबईकी उपाध्यक्ष सीता काफ्लेले कार्यक्रमको समापन गर्नुभएको थियो । उक्त कार्यक्रममा विशेष धन्यबाद कपिल रावल, कोषाध्यक्ष राज रावल र श्री शिव कोइरालालाई दिइएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।