भरुवा बन्दुकसहित अछाममा दुईजना पक्राउ
लोक कल्याणकारी विज्ञापन

अछाम । अछाममा दुईवटा भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको विनायक नगरपालिका–९ ओखरगैरा बस्ने ६८ वर्षीय नन्दराम साउँद र सोही ठाउँ बस्ने ६७ वर्षीय चिन कार्की पक्राउ परेका हुन्।
लोक कल्याणकारी विज्ञापन

प्रहरीका अनुसार साउँदले आफ्नै घर नजिक बारीमा लुकाईछिपाई राखेको अवस्थामा एक नाले भरुवा बन्दुक एक थान, सिसाको गोली १३ वटा र बारुद लुकाएका थिए।
लोक कल्याणकारी विज्ञापन

यस्तै कार्कीले पनि आफ्नै घरको सुत्ने कोठामा लुकाईछिपाई राखेको एक नाले भरुवा बन्दुक एक थान, सिसाको गोली ९ वटा र बारुदसहित फेला पारी दुवैजनालाई पक्राउ गरिएको छ।
बिज्ञापन

इलाका प्रहरी कार्यालय कालेकाँडाबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा घर तथा बारिमा खानतलासी गर्दा उक्त भरुवा बन्दुक, सिसा र बारुद फेला पारी पक्राउ गरेको जनाएको छ। दुवैजनालाई नियन्त्रणमा लिई सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

