घटना

भारतीय नायिका मलाइकाका बुवाको सातौं तलाबाट खसेर मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नयाँ दिल्ली : अभिनेत्री मलाइका अरोराका बुबा अनिल अरोराको बुधबार मुम्बईमा टेरेसबाट खसेर मृत्यु भएको छ। अनिल अरोरा बान्द्राको एक आवासीय सोसाइटीको सातौं तलामा बस्थे।

अनिल अरोराको मृत्युपछि मलाइका पूर्वपति अरबाज खान घटनास्थल पुगेका थिए।

बिज्ञापन

क्राइम ब्रान्चका डीसीपी राज तिलक रोशनले बान्द्रामा बस्ने अनिल अरोराको मृत्यु भएको पुष्टि गरेका बीबीसी समाचारमा उल्लेख छ। बालकनीबाट खसेर उनको मृत्यु भएको हो।

घटनालगत्तै प्रहरी उनको बान्द्रास्थित फ्ल्याटमा पुगेको थियो। उनको मृत्यु दुर्घटना हो वा आत्महत्या हो भन्नेबारे अनुसन्धान भइरहेको छ। घटनाका बेलामा मलाइका अरोरा पुणेमा थिइन्। अनिल अरोराका पिता सेवानिवृत्त आर्मी अफिसर हुन्। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।