अवर्गीकृतप्रवासबिश्व

नेपाल छिट्टै सनातन हिन्दुराष्ट्र घोषणा हुनुपर्छ :मास्टर थापा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बिष्णु गौतम मुम्बई नेपाललाई पुनसनातन हिन्दूराष्ट्र घोषणा गर्नुपर्ने भन्दै भारतको महाराष्ट्र राज्य मुम्बईमा नेपाली कामगार सेनाका राष्ट्रिय अध्यक्ष समेत रहेका माष्टरथापाले प्रधानमन्त्री लाई ज्ञापन पत्र बुझाएको बताए ।

मुम्बईमा प्रवासी नेपाली हरुलाइ गार्‍हो अफ्ट्यारो पर्दा सहयोग गर्ने माष्टर थापा(राजठाकुर ) सधै जसो नारङी बस्र गलामा रुद्राक्ष धारण गरेर सनातन हिन्दु धर्मपक्षमा रहदै आएका छ्न साथै नेपाल पुनः हिन्दुराष्ट्र हुनुपर्ने बताउँछन।
यस अघि पटक पटक आवाज उठाउदै आयका माष्टर थापाको नाम नचिन्ने भारत स्थिति प्रवासी नेपाली हरुमा बिरलै होलान् ।उहाँले खास गरि भारतको मुम्बई तथा माहाराष्टमा बस्ने प्रवासी नेपालीहरुका लागी आफू र आफ्नो संगठन धेरै कामगर्दै आएको बताउछन्।

बिज्ञापन

प्रवासी नेपाली हरुलाइ मर्दा पर्दा कामलाग्ने मात्रै नभई अन्याय ,अत्याचारमा परेका दुखी पीडितको लागी स्थानीय राजनीति दल हरुसंग समन्वय गर्दै प्रहरी प्रशासनका समस्या हरुको समाधान गर्ने गरेको धेरै समय भएको बताए ।
उहाँ अध्यक्ष रहेको नेपाली कामगार सेनाले युवा हरुलाइ खेलकुदमा अगाडि बढाउने पनि गर्दै आएको बताए भारत प्रवासमा कसैलाई समस्या परेमा आफू लाई सम्पर्क गरे आफुले समाधानको पहलगर्ने पनिबताए ।

नेपालको बर्तमान समसामयिक बिषयमा केन्द्रित प्रश्नमा मास्टर थापा भन्नु हुन्छहामी नेपाली हाम्रो देश नेपाल हामी सबै हिन्दु सनातन धर्ममा आस्था राख्ने भएको हुँदा आफू हिन्दु धर्मको पक्षमा रहेको पुनः हिन्दुराष्ट्र हुनुपर्नेमा निरन्तर त्यसकोपक्षमा लागेको तर हाल नेपालमा केहिले राजा म ल्याउछु भन्दै समाजमा अपाच्य सब्द प्रयोग गरेको प्रति आफू सहमत नरहेको पनि बताए ।

भारतको मुम्बईमाहालै सम्पन्न एक नेपालीमहिला हरुको तिज गित प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै आफू हिन्दु हृदयसम्राट स्व:बालासाहेब ठाकरेको मार्ग दर्शनबाट प्रेरित भएको र अंगिकार गर्दै अगाडी बढेको बताए ।

भाषा ,संकृति ,लगायतका थुप्रैकुरा हरु भारत नेपालको मिल्दो जुल्दो रहेको भएपनि नेपालको इतिहास भारतको भन्दा पुरानो रहेको र धेरै हिन्दुधर्ममा आस्था राख्ने भएकोले धर्म परिवर्तनको चलखेल भइरहेको यसले गर्दा नेपालको भविस्य राम्रो नहुने भएकोले आफू त्यस प्रति चिन्तित भएको बताए ।

धर्म परिवर्तन गराउने लाई जरैदेखी उखेर फाल्नुपर्ने आफुले नेपालका उच्च नेतृत्व हरुलाइ सुझाव दिएको बताए ।
यस बिषयमा नेराज नेता ,पुर्ब प्रधानमन्त्रीसुशील कोइराला ,माधब कुमार नेपाल ,झलनाथ खनाल ,र हल का प्रधानमन्त्री के.पि. ओलि संग मिलि ग्यापन पत्र समेत बुझाएका थिए,उनि , राष्ट्रपति, राजदुत,राज परिवार, साथै कानुनी बिग्य हरु संग समेत भेट गरि हिन्दु राष्ट्र को देश हिन्दु राष्ट्र हुने पर्ने माग र आवाज सम्म उठाएको बताए ।


ऊनी भारत का सनातन हिन्दु बादी र विभिन्न धार्मिक गुरु संग समेत भेट घाट गरेका छ्न। योग गुरु बाबा रामदेव ,आचार्य बालाकृश्न ,उत्तर प्रदेश मुख्य मन्त्री योगि आदित्य , भारती केन्द्रिय मन्त्री नितिन गणकरी , महाराष्ट का पुर्ब मुख्य मन्त्री देबेन्द्र फडनबिस, उद्द्व ठाकरे, बिधाएक आदित्य ठाकरे ,फिल्म स्टार सुनिल थापा, अभिनेता शर्त्रुसिन्हा, नेपाली सिनेमा महानायक राजेस हमाल , लगायत सयौं धर्मगुरु हरुलाइ भेट्दा यश प्रति सकारात्मक रहेको बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।