दुर्गा प्रसाईं पक्राउपर्नु अघि ढोका थुनेर भित्रबसेपछि अस्थायी भर्र्याङ्को प्रयोग गरेर प्रहरीले पक्राउ गरेको छ

मेडिकल ब्यवसायी दुर्गा प्रसाईलाई प्रहरीले पक्राउ गर्न गएका प्रहरी लाई घरको ढोका थुनेर मुख छाडेर बोलेकाछ्न
उनलाई पक्राउ गर्न भक्तपुर सानोठिमी स्थित उनको घरमा पुगेका प्रहरीमापनि अपसब्द प्रयोगरेको प्रहरीका एकजना उच्च अधिकृतले बताए ।
पछिल्लो समय विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने अभिव्यक्ति दिँदै आएका बि एण्ड बि मेडिकल कलेजका सन्चालक प्रसाईलाई पक्राउ गर्न प्रहरी उनको निवास भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ६ कमेरोटारमा साइबर ब्यूरोका ३ भ्यान प्रहरी पुगेका थिए ।

पक्राउ गर्न गएका प्रहरीलाई एक घण्टासम्म पनि ढोका नखोली भित्रबाट अपशब्द प्रयोग गरिएपछि भर्याङ लगाएर घरको कम्पाउण्डमा प्रहरी प्रवेश गरेको थियो । सोकोक्रममा हातपातमा उत्रिएका प्रसाईंका अंगरक्षकलाई समेत नियन्त्रणमा लिइएको थियो ।
विभिन्न व्यक्तिको चरित्रहत्या गर्दै बेश्यावृति गरेको आरोप लगाउँने तथा आपत्तिजनक अभिव्यक्ति दिने गरेको भन्दै उजुरी परेपछि अदालतको अनुमतिमा पक्राउ गर्नुपरेको प्रहरीले जनाएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
