प्रवासराजनीति

प्रवासी नेपाली संघ सुरतको अध्यक्षमा बिष्ट निर्वाचित

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

प्रवासी नेपाली संघ भारतको सुरत नगरसमित अध्यक्षमा टीकाराम बिष्ट निर्वाचित भएका हुन ।

प्रवासि नेपाली संघ भारत गुजरात राज्य समिति अन्तर्गत पर्ने सुरत पश्चिम नगर समितिको तेस्रो नगर सम्मेलन गुजरात राज्यको सुरतस्थित ईन्द्रानगर पंचमुखि हनुमान मन्दिरको सभाहल हिराबागमा सम्पन्न भएको छ।

बिज्ञापन

प्रवासी नेपाली संघ भारतका केन्द्रीय सल्लाहकार परिषद सदस्य तथा तेस्रो नगर सम्मेलन अध्यक्ष मण्डलका अध्यक्ष मदन खड्काको अध्यक्षतामा भएको घोषणा सभाको संचालन गुजरात राज्य समितिका संगठन विभाग प्रमुख रतन चलाउनेले गरेको थिए।

उक्त घोषणा सभाका प्रमुख अतिथि प्रवासी नेपाली संघ भारत केन्द्रीय सचिवालय सदस्य तथा गुजरात राज्य समिति ईन्चार्ज टेक रावल भिजन रहेका थिए भने विशेष अतिथि प्रनेसंघ भारत कै केन्द्रीय सदस्य खडक बि क,अन्य अतिथिहरुमा प्रवासी नेपाली संघ भारत गुजरात राज्य समितिका अध्यक्ष सोमराज बडाहित राज्य उपाध्यक्ष रतन बि क राज्य उपसचिव बिरेन्र्द बि क सचिवालय सदस्य तथा सुरत पश्चिम नगर समिति ईन्चार्ज कमल आउजि राज्य सदस्यहरु शंकर बि क, कल्पना बि क, बिमला सरावल बिष्ट, अंकलेश्वर भरुच नगर समितिका अध्यक्ष रमेश न्यौपाने,वापि नगर समिति अध्यक्ष प्रकाश परियार,राज्य सलाहाकार सदस्य शिवलाल बाँठामगर, सुरत पूर्व नगर समिति कि पूर्व ईन्चार्ज सुर्जा डाडावाडि,सुरत पश्चिम नगर समिति निवर्तमान अध्यक्ष लिलाराम डाँगी, अंकलेश्वर भरुच नगर समिति सचिव पदम बिष्ट गुजरात राज्य समितिका पूर्व सह-कोषाध्यक्ष लक्ष्मण धमालाको उपस्थिति रहेको थियो।

घोषणा सभामा उपस्थिति प्रमुख अतिथि लगायत अतिथिहरु लाई निवर्तमान उपाध्यक्ष तथा निर्वाचित सचिव रतन विक ले मन्तव्य द्वारा स्वागत गरेका थिए।
टिकाराम बिष्ट को नेतृत्वमा २१ सदस्य सुरत नगर समिति र लक्ष्मण कुँवर को नेतृत्वमा ५ सदस्य सलाहाकार समिति सर्वसम्मत घोषणा गरिएको थियो।
अध्यक्ष – टिकाराम बिष्ट, उपाध्यक्ष – हंस कुँवर,सचिव – रतन विक,उप-सचिव – गगन डाँगी र सुर्जा डाडावाडी,आर्थिक विभाग प्रमुख-प्रेम ओली, सदस्यहरु क्रमशः दिल बहादुर विक,बसन्त खत्री,एकेन्द्र डाडावाडी,लोकेश विक, वर्षा विक, हरिश विक,प्रकाश कैनी,उज्ज्वल विक,गोकुल धमाला,धिर्जा विष्ट,प्रकाश विक,मन्जु डाँगी,रमेश विक,दान बहादुर दमाई र छ्त्र शाही रहेका थिए। त्यस्तै सल्लाहकार समितिका प्रमुख लक्षमण कुँवर, सदस्यहरु रमेश बोहरा, नर बहादुर हुड्के,लिलाराम डाँगी र करन विष्ट रहेका थिए।

प्रमुख अतिथि टेक रावल भीजनले नवनिर्वाचित सुरत नगर समिति लाई पद तथा गोपनियताको सपथ गराउदै निर्वाचित समिति लाई बधाई दिदै सफल कार्यकालको शुभकामना व्यक्त गरे।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।