घटना

झ्याप्ले खोला पहिरोबाट २९ वटा शव निकालियो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं। धादिङ र काठमाडौंको सिमानामा पर्ने झ्याप्ले खोलामा गएको पहिरोबाट हालसम्म २९ वटा शव निकालिएको छ ।

सशस्त्र प्रहरी प्रवक्ता कुमार न्यौपानेले विंगर र बसभित्रबाट ती शवहरू निकालिएको जानकारी दिए ।

बिज्ञापन

यसअघि शनिवार साँझ १४ वटा शव निकालिएको थियो ।

आइतबार बिहान स्काभेटर लगाएर पहिरो हटाउनेक्रममा बसबाट थप शवहरू भेटिन थालेको हो ।

उक्त पहिरोमा कति वटा सवारी साधन पुरिएका छन् भन्नेबारे अझै यकिन हुन सकेको छैन ।

शनिवार अपरान्ह मात्र उक्त ठाउँमा सवारी साधन पुरिएको आशंका सुरु गरिएको थियो ।

सशस्त्र प्रवक्ता न्यौपानेले अपराह्न ४ बजे आफूहरूलाई जानकारी आएपछि टोली परिचालन गरिएको बताए। ती सवारी साधन कतिबेला पुरिएका थिए भन्ने अझै यकिन हुन सकेको छैन ।

यसअघि विपद् प्राधिकरणले असोज ११ र १२ गते रात्रिकालीन बस सेवा सञ्चालन नगर्न आग्रह गरेको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।