कृषि

अनुदान बीउको धान नफलेपछि…..

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

स्याङ्जा, असोज १४ गते । नगरपालिकाले ५० प्रतिशत अनुदानमा दिएको उन्नत जातको ‘सावा मन्सुली सव १’ मा धानमा फल नलागेपछि खेती थन्काउने बेलामा किसानहरू मारमा परेका छन् । 

लोक कल्याणकारी विज्ञापन

भीरकोट नगरपालिका वडा नं–७ को बलमाटा, मजुवा र झापाकोटको फाँटमा लगाइएको धानमा फल नलागेपछि किसानहरू चिन्तित बनेका हुन । पूरानो र परम्परागत धानको बीउ लगाइरहेका किसानले नगरपालिकाले अनुदानमा उन्नत जातको ‘सावा मन्सुली सव १’ बीउ दिएप्छि हौसिएर किसानहरूले लगाएका थिए । 

लोक कल्याणकारी विज्ञापन

यहाँका कृषकहरू सालिकराम अर्याल, खडा नन्द अर्याल, शिवप्रसाद रेग्मी, नारायण अर्याल, मुक्ति अर्याल, चूडामणि अर्याल लगायतले चार सय किलोभन्दा बढी नगरपालिकाले अनुदानमा दिएको उन्नत जातको धानको बीउ लगाउनुभएको थियो । 

बिज्ञापन

कृषक श्यामप्रसाद अर्यालले खेतमा लगाएको धान फुलेर बाला हाल्दै गर्दा धान डढेर बोट समेत मर्दै गएको र यो रोग सिङ्गै फाँटमा फैलिँदै गएपछि अन्य किसानहरू समेत मारमा परेको बताउनुभयो । यहाँ ३२ रुपियाँ ५० पैसामा प्रतिकिलो धानको बीउ अनुदानमा खरिद गरी खेतमा लगाइएको हो । 

आफूहरूले यसअघि हाइब्रिड जातको धान समेत प्रयोग गर्ने गरेको तर नगरपालिकाले स्थानीय स्तरमै उत्पादन गरिएको उन्नत जातको ‘सावा मन्सुली सव १’ धान लगाउन भनेपछि लगाएको अर्यालले बताउनुभयो । 

यो धान लगाउँदा थन्काउने बेलामा रित्तो हुनुपरेको बताउँदै अर्यालले नगरपालिकाले उचित क्षतिपूर्ति नदिए आफूहरू आन्दोलनमा जाने बताउनुभयो । 

धानमा फल नलाग्ने, गवारो किरा लागेर फुलेको फूल समेत नष्ट हुने, धानको बोट समेत डढेर मर्दै जाने जस्ता समस्या देखिएपछि किसानहरूले कृषि प्राविधिकहरूलाई धान बाली भएकै खेतमा बोलाएका थिए । 

भीरकोट नगरपालिका कृषि शाखामा कार्यरत कृषि प्राविधिक मदन केसीले खेतमा लगाइएको धानबालीमा रोग देखिएको र सोको परीक्षण तथा उपचारका लागि आफूले धानको बाला र बोटसहित माटो समेत कृषि प्रयोगशाला पोखरामा पठाएको बताउनुभयो । परीक्षण नतिजा पश्चात् सोही अनुसारको तयारी थाल्ने केसीले बताउनुभयो । 

अनुदानको बीउमा धान नफलेपछि भीरकोट नगरपालिका, कृषि ज्ञान केन्द्र स्याङ्जा र प्रदेशमा समेत किसानहरूले भने उचित राहतको व्यवस्था गर्न अनुरोध गरेका छन् । 

तराई, भित्री मधेसमा लगाउने धानको जात लगाइएको र समुद्र सतह भन्दा पाँच मिटरमा लगाउनु पर्नेमा आठ सय मिटरमा लगाउँदा समस्या भएको कृषि ज्ञान केन्द्र प्रमुख विनोद हमालले बताउनुभयो । 

धानमा नाइट्रोजन भएको मल धेरै प्रयोग हुँदा रोग बढेको बताउँदै हमालले बिमा नहुँदा क्षतिपूर्ति दिन नसकिएको बताउनुभयो । 

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन