खेलकुद

क्यानडामा नेपालको पहिलो जित, ओमान ३७ रनले पराजित

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं : क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटमा ओमानलाई हराउँदै नेपाल विजयी भएको छ। किङ सिटीमा आज राति भएको खेलमा नेपालले ओमानलाई ३७ रनले पराजित गरेको हो। 

जितका लागि १७७ रनको लक्ष्य पाएको ओमानले १९.१ ओभरमा सबै विकेट गुमाउँदै १३९ रन बनाउँदै अल आउट भयो। ओमानका लागि सोएविब खानले  ३९ बलमा सर्वाधिक ४५ रन र १२ बलमा रफिउल्लाले ३३ रनको योगदान गरे भने फयाज बुट्टले १७ रन जोडे। प्रतिक अथाभालेले १५, खालिद कैलले ११ रन जोडे।

बिज्ञापन

नेपालका लागि करण केसीले ३ विकेट, कुशल भुर्तेलले २ विकेट र  सन्दीप लामिछाने, रिजन ढकाल, दीपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७६ रनको योगफल बनाएको थियो। नेपालका लागि गुल्शन झाले सर्वाधिक ४० रन बनाए। उनले १७ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ४० रनको योगदान गरे।

त्यसैगरी कुशल मल्लले ३० रन, आसिफ शेख र अनिल शाहले २७/२७ रन, कुशल भुर्तेलले २० रन र ऐरीले १८ रन बनाए। यता कप्तान रोहित पौडेल भने २ रनमा आउट भएका थिए।  

ओमानका लागि अकिब इलियासले सर्वाधिक तीन विकेट, सकिल अहमेद, फैयाज बुट्ट र जिशान मक्सूदले १/१ विकेट लिए। नेपालले तेस्रो खेलमा मंगलबार क्यानडासँग र चौथो खेलमा बुधबार पुन: ओमानको सामना गर्नेछ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।