अवर्गीकृत

प्रनेसंघ भारत गुजरात राज्य समितिको विस्तारित बैठक सुरतमा सम्पन्न

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

प्रवासि नेपाली संघ भारत गुजरात राज्य समितिको विस्तारित बैठक विश्वको चर्चित डायमण्ड सिट सुरत शहर स्थित इन्दिरा नगर पंचमुखी हनुमान मन्दिर हिराबागमा सम्पन्न भएको छ।
राज्य अध्यक्ष सोमराज बडाहितको अध्यक्षतामा भएको विस्तारित बैठकका प्रमुख अतिथि प्रवासी नेपाली संघ भारत केन्द्रीय सचिवालय सदस्य तथा गुजरात राज्य समिति ईन्चार्ज टेक रावल “भिजन” रहेका थिए, विशिष्ट अतिथि प्रनेसंघ भारतका केन्द्रीय सदस्य रमेश परियार,अतिथिहरु प्रनेसंघ भारत कै केन्द्रीय सदस्य खडक बि क, प्रवासी संघ भारत केन्द्रिय सल्लाहकार परिषद सदस्य तथा गुजरात राज्य समितिका प्रमुख सल्लाहकार मदन खड्का, गुजरात राज्य समितिका सल्लाहकार शिवलाल बाँठामगर, नेकपा एमाले अछाम जिल्ला पूर्व इलाका कमिटी सदस्य हर्क नगार्जी रहेका थिए। त्यस्तै कार्यक्रमको संचालन राज्य सचिव मनोज विक ले गरेका थिए भने स्वागत मन्तव्य राज्य उपाध्यक्ष रतन विक ले गरेका थिए।

व्याज वितरण दिया चन्द ठकुरीले गरिन।
प्रमुख अतिथि टेक रावल भीजन ले विस्तारित बैठक को व्यानर उदघाटन गरे भने राज्य अध्यक्ष सोमराज बडाहितले राजनितिक, सांगठनिक, सामाजिक र समसामयिक प्रतिवेदन प्रस्तुत गरे भने आर्थिक विभाग प्रमुख सर्जन खड्काले आर्थिक गतिविधिका बारेमा जानकारी गराए। गहन वहस गर्दै छुटेका विषयबस्तु लाई समेटने गरि सबै प्रतिवेदन कर्तत ध्वनिले पारित गरियो। चार वटा नगर समिति क्रमशः वापी नगर समितिको प्रतिवेदन नगर इन्चार्ज दिपक रावत, सुरत नगर समितिको प्रतिवेदन नगर प्रतिनिधि गगन डाँगी, अंकलेश्वर – भरुच नगर समितिको प्रतिवेदन नगर अध्यक्ष रमेश न्यौपाने र राजकोट नगर समितिको प्रतिवेदन नगर अध्यक्ष राम प्रसाद भण्डारीले प्रस्तुत गरेका थिए। प्रमुख अतिथि टेक रावल भीजन ले विस्तारित बैठक को औचित्य,भूमिका र आवश्यकताको बारेमा प्रकाश पार्दै प्रवासी नेपाली संघ भारत गुजरात राज्य समिति लाई प्रवासी नेपाली संघ भारत दोस्रो गुजरात राज्य सम्मेलन आयोजक समितिमा रुपान्तरण भएको घोषणा गरेका थिए।

बिज्ञापन

दोस्रो सम्मेलन आयोजक समितिमा रुपान्तरण भै सके पछी आगामी १५ र १६ फेब्रुअरी २०२५ मा विश्वको चर्चित डायमण्ड सिटी सुरत शहरमा सम्मेलन सम्पन्न गर्ने निर्णय सर्वसम्मत पारित गरिएको छ। सम्मेलन सभ्य र भब्य रूपमा सफल पार्न विभिन्न समितिहरु निर्माण गरिएका छन।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।