सुदूरपश्चिम प्रदेश

हुलाकी राजमार्गको धनगढी–राजापुर–शान्तिबजार खण्डमा बस सेवा सुरु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी: कैलालीको धनगढीदेखि बर्दिया र बर्दियादेखि धनगढीसम्म हुलाकी राजमार्गमा बस सेवा सुरु भएको छ। सुन्दर सुदूरपश्चिम यातायात प्रालिले कैलालीको धनगढी–टीकापुर हुँदै बर्दियाको राजापुर–शान्तिबजारसम्म बस सेवा सुरु गरेको हो।

सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदमबहादुर सोपकोटाले धनगढीको क्याम्पस रोडबाट फूलबारी हुँदै शक्तिसम्म चार वटा बसमार्फत सेवा सुरु गरेको बताए। उनले धनगढीदेखि चार वटा बस दैनिक शक्तिसम्म जाने गरेको बताए। बर्दियाका यातायात व्यवसायीसँगको छलफलपछि राजापुर, शान्तिबजारसम्म हुलाकी राजमार्गमा यातायात सेवा दिने उनले बताए।

बिज्ञापन

धनगढीको क्याम्पस रोडबाट दैनिक बिहान २ वटा बस शक्तिका लागि छुट्ने गरेका छन। दुई वटा बस शक्तिबाट धनगढीका लागि प्रत्येक बिहान आउने गरेका छन। धनगढी–फूलबारी–लालबोजी–टीकापुर हुँदै शक्तिसम्मको हुलाकी राजमार्गमा हाल बस सेवा सुरु गरिएको हो।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।