रेशम चौधरी पक्राउ परेपछि सरकार छाड्दै नागरिक उन्मुक्ति
लोक कल्याणकारी विज्ञापन

काठमाडौँ, वैशाख १७- नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सरकार छाड्ने भएको छ। पार्टी संरक्षक रेशम चौधरी पक्राउ परेपछि नाउपाले सरकार छाड्ने तयारी गरेको हो।
लोक कल्याणकारी विज्ञापन

प्रवक्ता दामोदर पण्डितले भने, ‘सरकार चाहिँ हाम्रा नेता पक्राउ गर्ने अनि हामीले चाहिँ समर्थन दिइरहनुपर्ने अनि सरकारमा बसिरहनुपर्ने रु त्यस्तो हुँदैन, हामी चाँडै सरकारबाट बाहिरिन्छौँ। आजै पार्टीले यसबारे निर्णय गर्छ।’
लोक कल्याणकारी विज्ञापन

चौधरी बिहीबार (आज) मात्रै काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानबाट पक्राउ परेका छन्। डा.सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणा सभामा सहभागी हुन पुगेका उनलाई प्रहरीले पक्राउ गरेको हो।
बिज्ञापन

नाउपाबाट अरुण कुमार चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री छन्।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

