सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमका वन मन्त्रीलाई राजीनामा दिन दवाव, आर्थिक लेनदेनमा परेको आरोप

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली। सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई पदबाट राजीनामा दिन दवाव बढेको छ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट ४ जेठमा मन्त्री नियुक्त भएका चौधरीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै मुख्यमन्त्री शाहले राजीनामा मागेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यलय स्रोतले जनाएको छ। मन्त्री चौधरीको पछिल्लो कार्यशैलीप्रति मुख्यमन्त्री शाह असन्तुष्ट थिए।

बिज्ञापन

मुख्यमन्त्रीको निर्देशनपछि मन्त्री चौधरी अहिले पार्टी आन्तरिक परामर्शमा जुटेका छन्। पार्टीले फिर्ता बोलाउन मुख्यमन्त्री शाहले पार्टी शीर्ष नेतासँग छलफल गरिरहेका छन्।

‘पार्टीले पठाएको हुँदा फिर्ता बोलाउन छलफल भइरहेको छ’ मुख्यमन्त्री निकट स्रोतले भन्यो ‘पार्टीले बोलाएन भने वर्खास्त पनि हुनसक्छन्।’

किसानसँग पैसा असुल्ने समूहसँग उनको नाम जोडिएको प्रकरण मुख्य कारण भएको नाउपा निकट स्रोतले दाबी गरेको छ। सो प्रकरणमा कैलालीकी सुशिला खड्कासहित केही व्यक्तिहरू पक्राउ परिसकेका छन् र प्रहरी अनुसन्धान जारी छ।

यसअघि, नाउपाबाट मन्त्री बनेका लक्ष्मणकिशोर चौधरी दीगो वन व्यवस्थापन कार्यविधिमा आर्थिक लेनदेनको योजना बनाएको आरोपमा मुछिएपछि राजीनामा दिएका थिए। त्यसपछि रामेश्वर चौधरीले मन्त्री पद सम्हालेका थिए। उनी पनि विवादमा तानिएका छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।