टीकापुर

स्थानीय उत्पादन प्रवद्र्धन गर्दै टीकापुर नगरपालिका

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर । कैलालीको टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क मिलाएर राखिएका वेतबाँसका सोफा, टेबल र टेबलमाथि राखिएका माटोका करुवा। यी सामग्रीले कार्यालयको शोभा बढाएका छन्। 

नगरप्रमुख रामलाल डगौंरा कार्यालयको शोभा मात्र नभई यस कार्यले स्थानीय उत्पादन प्रवद्र्धन र व्यवसायीलाई प्रोत्साहित गरिरहेको बताउछन्। ‘यी सामग्रीहरू हाम्रै क्षेत्रमा उत्पादन भएका हुन्। यिनको प्रचारप्रसार र प्रवद्र्धन गर्ने दायित्व हाम्रो पनि हो नि,’ उनी भन्छन्। 

बिज्ञापन

उनी वेतबाँसबाट बनेका फर्निचर वातावरणमैत्री हुनाका साथै स्थानीयस्तरमा नै बन्ने भएकाले उत्पादकलाई प्रोत्साहनका लागि पनि नगरपालिकाले प्रयोगमा जोड दिएको धारणा राख्छन्। नगरप्रमुख डगौंरा भन्छन्, ‘हामीले वेतबाँसका फर्निचर मात्र होइन, थारू समुदायको सांस्कृतिक प्रतीक करुवा, ढकिया पनि प्रयोगमा ल्याएका छौँ। यसले हाम्रो कला, संस्कृति र परम्परागत सीपको संरक्षण र प्रचारप्रसारमा ठूलो सन्देश दिएको छ।’

कार्यकक्षमा राखिएको माटोको करुवा पानी पिउन र पूजापाठमा प्रयोग गरिने थारूहरूको परम्परागत पहिचान हो। यो सांस्कृतिक संरक्षण र सम्मानको प्रतीक पनि हो। हरेक टेबलमाथि राखिएको माटोको करुवाले स्थानीय थारू संस्कृतिको संरक्षण र प्रवद्र्धनमा पालिका प्रतिबद्ध रहेको सन्देश दिइरहेको धेरैले आभाष गर्छन्।   

नगरपालिकाले स्थानीय उत्पादनको प्रयोगलाई प्राथमिकता दिई उद्यम विकास, रोजगारीको सृजना र स्थानीय सीपलाई प्रोत्साहन दिइरहेको छ। नगरप्रमुखको कार्यकक्षमा राखिएका सोफा, कुर्सी, टेबल सबै स्थानीय उद्योगमा बनेका हुन्। यी फर्निचर आकर्षक मात्र होइन बलिया र टिकाउ पनि छन्।  

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।