टीकापुर नगरपालिकाको सेवा प्रवाह, योजना र कार्यक्रमको सार्वजनिक सुनुवाई सम्पन्न

टीकापुर, ३० असार । टीकापुर नगरपालिकाको आव ०८१/०८२ को वार्षिक सेवा प्रवाह, योजना र कार्यक्रमको सार्वजनिक सुनुवाई हिजो आइताबार सम्पन्न भएको छ ।
कार्यक्रमको आरम्भमा टीकापुर नगर पालिकाका नगर प्रमुख राम लाल डगौरा थारुले आ.व. ०८१/०८२ को सार्वजनि सुनुवाईको यो अन्तिम सन्ध्या भएकोले यसको लेखा–जोखा, प्रमाणिकरण लगाएत सेवा प्रवाह र जनताहरुका जन गुनासाका साथै सुझावलाई आत्मा साथ गर्दै हामीले ध्यान पु¥यान नसकेका क्षेत्रहरुमा विशेष ध्यान दिलाउन यहाँहरुको प्रतिक्रियाको प्रतिक्षमा आजको सर्वजनिक सुनुवाई विशेष रहने अपेक्षा व्यक्त गर्नु भएको थियो ।

विभिन्न शाखाका प्रमुखहरुबाट प्रगति विवरण प्रस्तुत गर्ने क्रममा टीकापुर नगर पालिकाका राजस्व शाखा प्रमुख नन्द बहादुर के.सी.ले चालु अर्थिक वर्षको राजस्व शाखा सम्बन्धित प्रतिवेदन प्रस्तुत गर्दै उहाँले विभिन्न शिर्षकमा के कति राजस्व संकल भयो भन्ने विवरण पेश गर्नु भएको थियो । उहाँले चालु आर्थिक वर्षमा नगर पालिकाले विभिन्न लाभ ग्राही वर्गलाई छुटको व्यवस्था गरिएको छ । अगामी दिनहरुमा करदाता मैत्री प्रशासन, डिजिटल प्रणालीमा विशेष ध्यान दिने बताउनुभयो ।

त्यस्तै टीकापुर नगर पालिकाका जन स्वास्थ्य प्रवद्धन शाखा प्रमुख बल बहादुर रावलले आर्थिक वर्ष ०८१/०८२ मा भएका प्रगति विवरण प्रस्तुत गर्दै उहाँले यो नगर पालिका पूर्ण खोप भएको घोषणा भएको छ, बालबालिकाहरुलाई खोप सेवा, महिला तथा बाल रोग सम्बन्धि सेवा प्रदान, परिवार नियोजन कार्यक्रम, समुदायका गर्भवती महिलालाई अल्ट्रा साउण्ड सेवा, सुत्केरी आमालाई पोषणको व्यवस्था, त्यस्तै अस्पतालबाट सन्तान सुत्केरी सेवा, घरमै गएर सुत्केरी जाँच सेवा प्रदान गरेको छ । त्यस्तै नगर पालिकाबाट कुनै पनि व्यक्ति रगतको अभावमा ज्यान गुमाउनु नपरोस भन्ने उद्देश्यले निःशुल्क रगत सेवा उपलब्ध गराउँदै आएको बताउनु भयो । गर्भवती महिलाहरुलाई होम टू होम निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिएको छ, एभ.भी.÷एड्स संक्रमितहरुलाई पोषण प्याकेज वाफत केहि रकम उपलब्ध गराउँदै आएको छ, पाठेघर मुखको क्यान्सरको लागि स्क्रिनेङ सेवा, लागु औषध दुव्र्यशनबाट बचाउन सामुदायिक स्कूलहरुमा दौतरी शिक्षाको लागु गरिएको छ, त्यस्तै क्षय रोगी तथा विभिन्न दिर्घ रोगीहरुलाई पोषण खानाहरु वितरण गरिएको, आँखा रोगीहरुलाई कृष्ण आँखा अस्पतालसंग टायफ गरिएको प्रगति विवरण पेश गर्नुभयो ।
यस्तै प्रकारले शिक्षा तथा खेलकुद शाखा प्रमुख नरेश अवस्थीले टीकापुुुर नगर पालिका भित्र रहेका सामुदायि विद्यालयहरुलाई आर्थिक वर्ष ०८१/०८२ मा विभिन्न शिर्षकमा गरिएको प्रगति विवरण पेश गर्नुभयो ।
यसै प्रकार शहरी पूर्वाधार विकासको प्रगति विवरण शाखा प्रमुख नव राज जोशीले प्रस्तुत गर्नु भएको थियो भने आर्थिक प्रशासन शाखाको तर्पबाट आर्थिक वर्ष ०८१/०८२ प्रगति विवरण लेखा अधिकृत लक्ष्मी ओडले संक्षिप्तमा प्रस्तुत गर्नु भएको थियो ।
विभिन्न शाखा प्रमुखले प्रगति विवरण प्रस्तुत गरि सकेपछि सार्वजनिक सुनुवाई राउण्डमा उपस्थित सहभागिहरुलाई प्रश्न सोध्ने अनुमति दिइएको थियो, जसमा लोक बहादुर बि.सी., पत्रकार झलनाथ खनाल, तेज ठकुल्ला, तीलक श्रेष्ठ, केशर सिंह ठकुरी, चक्र बहादुर शाह, राम बहादुर नेपाली, मान बहादुर के.सी., पल्टुराम चौधरी, गुड्डु देवी साउँद, अमृता चौधरी लगाएत कार्यक्रममा विभिन्न २२ जनाले सरोकारवालालाई प्रश्न सोधेका थिए । उनीहरुले विमानस्थल सञ्चालन, गुलाब सिटीका साथै नगरपालिका भित्र भएका अनियमितताका बारेमा समेत प्रश्न गरेका थिए ।
सबैले आफ्नो मनमा लागेका प्रश्नहरु सोधी सकेपछि सम्बन्धित शाखा प्रमुखले जवाफ दिएका थिए भने धेरै प्रश्नको जवाफ नगर पालिकाका प्रमुख राम लाल डगौरा तथा वडा नं. ४ का वाडा अध्यक्ष लालबीर चौधरीले दिएका थिए ।
कार्यक्रममा नगर पालिकाका प्रमुख प्रशासकिय अधिकृत रविन्द्र प्रसाद चौधरी, नगर पाललिका नि.वर्तमान नगर प्रमुख तपेन्द्र बहादुर रावल, कार्यक्रमका टीप्पणी कर्ता पत्रकार योगश रावल र सुदूर पश्चिम विश्व विद्यालयका सह प्राध्यापक नाथुराम चौधरी तथा विभिन्न राजनीतिक प्रतिनिधिहरुले विधि विषयमा आफ्नो सुझाव–सल्लाह दिएका थिए भने उक्त अवसरमा विभिन्न वडाका वडा अध्यक्ष, कार्य पालिका सदस्य, उपभोक्ता मञ्च, वडघर, पत्रकार लगाएत आम जन समुदायको उपस्थित रहेको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रमको सहजिकरण सामुदायिक रेडियो टीकापुर एफएमले गरेको थियो भने कार्यक्रमको संचानल टीकापुर एफ.एम.का स्टेशन म्यानेजर एकेन्द्र तिमिल्सेनाले गरेका थिए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.