विद्यार्थीलाई पोशाकमै आन्दोलनमा ल्याएपछि प्रहरीको हस्तक्षेप
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । विद्यालय पोशाकमा विद्यार्थीहरूलाई आन्दोलनमा सहभागी गराइएपछि प्रहरीले हस्तक्षेप गरेको छ । सोक्रममा माइतीघर मण्डलामा प्रहरी र प्रदर्शनकारीबीच ठेलमठेल भएको छ ।
लोक कल्याणकारी विज्ञापन

नेकपा बहुमतनिकट अखिल क्रान्तिकारीले विभिन्न विद्यालय र क्याम्पसहरूमा अध्ययनरत विद्यार्थीहरूलाई आन्दोलनमा सहभागी गराएको थियो ।
लोक कल्याणकारी विज्ञापन

प्रहरीले विद्यालय पोशाकमा सहभागीहरुलाई घर पठाउन आग्रह गर्दा पनि नमानेपछि धकेलाधकेलको अवस्था सिर्जना भएको हो ।
बिज्ञापन

प्रहरीले ८ जनालाई पक्राउ पनि गरेको छ । जनपक्षीय शिक्षा ऐन जारी गर्न दबाब दिने उद्देश्यले प्रदर्शन गरिएको बताइएको छ ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

