घुससहित समातिएका शिक्षक किताबखानाका अधिकृत प्रसाईँसहित २ जनालाई ६ महिना जेल

काठमाडौं । विशेष अदालतले शिक्षक किताबखानाका शाखा अधिकृत धनेश्वर प्रसाईंलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।
ताहचलस्थित शिक्षक कितावखानाका शाखा अधिकृत प्रसाईंले ३ लाख रुपैयाँ घुस लिएको भ्रष्टाचार मुद्दामा दोषी ठहर भएको हो ।

विशेष अदालतका सदस्यहरु तेजनारयाण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले प्रसाईंलाई ६ महिनाम कैद सजाय फैसला गरेको छ ।
त्यस्तै घुस उठाउन सहयोगी भूमिका खेलेका क्यान्टिन सञ्चालक सुदर्शन न्यौपाने पनि दोषी ठहर भएका छन् । उनलाई पनि ६ महिना कैद सजाय सुनाएको छ ।त्यस्तै उनीहरु दुबैले डेढ/डेढ लाख रुपैयाँ जरिबाना बुझाउन आदेश दिएको छ। प्रसाईंले पेन्सन पट्टा बनाउन आएका एक पूर्वशिक्षकसँग घुस बापत ३ लाख रुपैयाँ लिएका थिए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
