टीकापुर

टीकापुरमा प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध, झोला विक्रेतालाई प्रथम पटक एक हजार, दोस्रो पटक तीन हजार र तेस्रो पटक पाँच हजार जरिबाना हुने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर । कैलालीको टीकापुर नगरपालिकाले प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध लगाएको छ। पालिकाले श्रावन १ गतेददेखि लागु हुनेगरी त्यस्तो व्यवस्था गरेको हो।

नगर प्रमुख रामलाल थारूले दुई महिनाअघिदेखि पालिकालाई प्लास्टिक मुक्त क्षेत्र बनाउने अभियानमा आफू जुटेको जनाउँदै प्लास्टिकजन्य वस्तुको प्रयोग हुन नदिन स्थानीय राजनीतिक दल, व्यापारी, उद्योग वाणिज्य सङ्घका पदाधिकारी र सङ्घ संस्था, पत्रकार र समाजसेवीलाई आग्रह गरेका छन्। नगरपालिकाको निर्णय विपरीत प्लास्टिकका झोला विक्रेतालाई प्रथम पटक एक हजार, दोस्रो पटक तीन हजार र तेस्रो पटक पाँच हजार जरिबाना हुने उनले बताए।

बिज्ञापन

त्यसैगरी, प्लास्टिकका झोला प्रयोग गर्नेलाई पहिलो पटक ५० र तेस्रो पटक १०० जरिबाना लिइने छ। प्लास्टिकको झोला उत्पादन गर्नेलाई पहिलो पटक दुई हजार, दोस्रो पटक चार हजार र तेस्रो पटक छ हजार जरिबाना हुनेछ।

नगरपालिकालाई प्लास्टिक मुक्त गर्ने निर्णय कठोर भएर कार्यान्वयन गर्ने प्रतिबद्धता नगरप्रमुख चौधरीले व्यक्त गरेका छन्। पालिकाले स्थानीय राजपत्रमा २०८० साल चैत २५ गते यससम्बन्धी सूचना प्रकाशन गरेर प्लास्टिकको प्रयोग नगर्न अनुरोध गर्दै आएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।