राष्ट्रिय समाचार

विमानस्थल प्रवेश गर्न अब प्रिन्टेड टिकट अनिवार्य

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी । धनगढी विमानस्थल भएर उडान भर्ने यात्रुहरूले हवाई टिकट प्रिन्ट गरेरै बोक्नुपर्ने नयाँ नियम लागू भएको छ ।
नियमानुसार यही चत्रै ७ गतेदेखि हवाई यात्राको लागि विमानस्थलभित्र प्रवेश गर्न प्रिन्ट गरिएको टिकट वा डिजिटल टिकट आवश्यक पर्ने भएको हो । तर, एसएमएसमा प्राप्त भएको पीएनआर नम्बर भएको टिकट मात्रै देखाएर भने विमानस्थलभित्र प्रवेश पाइने छैन ।

धनगढी विमानस्थलका प्रमुख राम कृष्ण भट्टले यही चत्रै ७ गतेदेखि हवाई यात्रा गर्नको लागि ट्राभल एजेन्सी, एयरलाईन्सबाट प्रिन्टेड टिकट वा डिजिटल टिकट लिएर आउन आग्रह गरेका छन् ।यसअघि विमानले प्रदान गर्ने यात्रु नाम अभिलेख पीएनआर नम्बरको आधारमा विमानस्थलमा प्रवेश पाउन सहज थियो ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।