घटना

मकवानपुरमा घाँटी थिचेर श्रीमानले गरे श्रीमतीको हत्या

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ बुङ्दोलमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार बिहान करिब ६ बजे ४५ वर्षीय मानबहादुर शिवभक्तिले ४० वर्षीया श्रीमती दुर्गा लक्ष्मी शिवभक्तिको घाँटी थिचेर हत्या गरेका हुन्।

घटनापछि उनी बिहान ८:३० बजे प्रहरीमा उपस्थित भई आफूले श्रीमतीको हत्या गरेको जानकारी गराएको प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए।
उनका अनुसार मृतक दुर्गा लक्ष्मी प्यारालाइसिसको बिरामी भएको र हिँडडुल गर्न नसक्ने अवस्थामा थिइन्। प्रहरीको सोधपुछका क्रममा मानबहादुरले मानसिक तनावका कारण श्रीमतीलाई मारेको बताएका थिए। 

बिज्ञापन

श्रीमतीलाई मारेपछि आफैँ झुन्डिएर आत्महत्या गर्न खोज्दा डोरी चुँडिएपछि बाँचेर प्रहरी सम्पर्कमा आएको मानबहादुरले बताएको प्रवक्ता अर्यालले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।