घटना

ताप्लेजुङमा खुकुरी प्रहार गरी दाजुले गरे भाइको हत्या

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

ताप्लेजुङमा खुकुरी प्रहार गरी दाजुले भाइको हत्या गरेका छन् । आठराई त्रिवेणी गाउँपालिका-४ चागेमा शुक्रवार राति दाजुभाइबिच सामान्य वादविवाद हुँदा दाजुले भाइलाई खुकुरी प्रहार गरेका थिए । दाजुले प्रहार गरेकाे खुकुरीले भाइकाे मृत्यु भएको वडाध्यक्ष अर्जुन लिम्बुले जानकारी दिए। 

२२ वर्षका मनकुमार बिकले घरायासी बिषयलाई लिएर सामान्य विवाद हुँदा आफ्नै भाइ वर्ष २० का रोशन बिकको हत्या गरेको जिल्ला प्रहरी प्रमुख वेद प्रसाद गौतमले जानकारी दिए ।

बिज्ञापन

दाजुले धारिलो खुकुरीले भाइको पेटमा प्रहार गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटना थाहा पाउनासाथ इलाका प्रहरी कार्यालय दोभानबाट प्रहरी टोली घटनास्थल पुगेर राति १०:३० बजे खुकुरी प्रहार गर्ने दाजु मनकुमार बिक र खुकुरी नियन्त्रण लिएको छ ।

आरोपित विकलाई अनुसन्धान तथा कानुनी प्रकृयाको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।  

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।