आस्था /आध्यात्म

मुक्ति पर्वको अवसरमा टीकापुरमा विशाल सत्संग सम्पन्न

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, ३१ साउन । मुक्ति पर्वको अवसरमा टीकापुरमा विशाल सत्संग सम्पन्न भएको छ ।

टीकापुर स्थित निरंकारी सत्संग भवनमा आयोजना गरिएको विशाल सत्संगलाई सम्बोधन गर्दै सन्त निरंकारी मण्डल नेपालका केन्द्रिय सदस्य तथा प्रचार विभाग प्रमुख देवराज रिमालले मुक्ति पर्वको महत्व माथि प्रकाश पार्दै भन्नुभयो कि सहंशाह बाबा अवतार सिंह जीलाई बाबा बूटा सिंह जी महाराजको कृपाबाट ब्रम्हज्ञान प्राप्त भएपछि आफ्नो घरमा गएपछि रातदिन निरंकारको नै गुणगान गाउन थाले । आज यतिका दिनसम्म गुरुद्वारा गएर दिनरात क्वाली गाएर, भजन किर्तन गरेर पनि यस परमात्मालाई याद गर्दा पनि पाउन सकिरहेको थिएन, तर आज सत्गुरुको कृपाले साक्षात परमात्माको दर्शन गर्ने सौभाग्य प्राप्त भयो, सत्गुरुको धेरै धन्यवाद । ज्ञान त सतगुरुको कृपाबाट प्राप्त गरे र अब म हिजोको संसारमा विचरण गरिरहेको छैन, अब मैले आफ्नो जीवनलाई कसरी अगाडि बढाउने भनेर गुरु कहाँ जानु पर्छ भनेर उहाँल सत्गुरु शरणमा जानुभयो र भन्न थाल्नुभयो कि मैले सत्गुरुको शरणमा आएर नयाँ जीवनको सुरुवात गरे तर अब यस जीवनलाई अगाडि कसरी डो¥याउने भनेर बिन्ति गर्नुभयो । तब बाबा बूटा सिंह जीले बाबा अवतार सिंह जीलाई सम्झाउँदै भन्नुभयो कि अवतार यो ज्ञानको डोरीलाई जन–जनसम्म पु¥याउने कार्य त छदै छ तर एउटा कुरा छ कि तपाईको जीवनमा कसैसंग वैर–भाव छ ? कसैसंग मन मुटाव छ, याद गर ? उनले स्मरण गर्दै भन्नुभयो कि मेरो मामासंग छ । तब बाबा बूटा सिंह जीले तुरुन्त भन्नुभयो कि जानुहोस, आफ्नो मामाको चरणमा परेर क्षमा माग्नुहोस र भन्नुहोस कि अब म त्यो अवतार रहेन गएर भन भन्दा उनी तुरुन्त गएर आफ्नो मामाको शरणमा परेर भने कि मामा जी म जो हिजोको अवतार थिए अब त्यो अवतार रहेन । मलाई क्षमा गर्नुहोला, मलाई माफी दिनुहोला, मैले नयाँ जन्म पाएँ । मैले हजूरमा पनि यस निराकार ब्रम्हलाई देखिरहेको छु, मलाई क्षमा गर्नुहोला भन्दै आफ्नो गल्तिको अनुभूति गर्नुभयो । यसरी उक्त कुराहरुलाई याद गर्दै हामी पनि मुक्ति दिवस मनाऔं कतै मेरो जीवनमा पनि यस्तै किसिमको मन–मुटाव त छैन, इष्र्या, रिस त छैन आदि कार्यलाई विर्सेर सबै प्राणीहरुमा यस निराकार–परमात्माको दर्शन गर्दै आफ्नो मानव जीवनलाई मुक्तिको पथमा अग्रसर गरौं, उहाँले बताउनुभयो ।

बिज्ञापन

उहाँले हरदेव बाणीको सहारा लिदै भन्नुभयो कि जो मोह–मायाको जालबाट बाहिर आउँछ, त्यो जीवन रहदै मुक्तिलाई पाउन सक्छ । संसारको मोह–मायाबाट रहित भएपछि मात्र हामी मुक्तिका हकदार कहलाउन सक्छौ । मनको मिथ्याबाट छुटकारा पाउन, मान–अभिमान, क्रोधबाट छुटकाराउ पाउनु नै मुक्ति हो । आज सन्त निरंकारी मिशनले संसारका मानवहरुलाई मानव बनाएर मुक्तिको बाटो हिडाउन खोजी रहेको छ । त्यसको लागि तन, मन, धन सत्गुरुलाई अर्पण गरेर सत्गुरुको आदेश अनुसार अगाडि बढ्दै जान्छौ भने हामी मुक्ति पाउन सक्छौ, उहाँले बताउनु भयो ।

उक्त अवसरमा स्थानीय तथा मुम्बईबाट आएका सन्त–भक्तहरुले भजन वा प्रवचनको माध्यमबाट आ–आफ्नो भाव राखेका थिए भने टीकापुरका स्थानीय सन्तहरुको बाक्लो उपस्थिति रहेको थियो । सत्संग कार्यक्रमको संचालन नेपालका मिडिया सहायक दीपक रावलले गर्नु भएको थियो । आएका सबै सन्त–भक्तहरुको लागि खानाको पनि व्यवस्था गरिएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।