सुदूरपश्चिम प्रदेश

अछाममा राष्ट्रिय परिचयपत्र बनाउन हिडेका वृद्धको ढलेर मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अछामः अछाममा राष्ट्रिय परिचयपत्र बनाउन हिडेका वृद्धको ढलेर मृत्यु भएको छ।

जिल्लाको तुर्माखाँद गाउँपालिका–३ लकान्द्राका ७३ बर्षिय मनहरे कामीको राष्ट्रिय परिचयपत्र बनाउन आउने क्रममा ढलेर मृत्यु भएको हो।

बिज्ञापन

मङ्गलवार बिहान घरबाट राष्ट्रिय परिचयपत्र बनाउनको लागि कमलबजार नगरपालिकामा रहेको दर्ता स्टेशन आउदै गर्दा कमलबजार नगरपालिका–२ कालापोखरा स्थित रहेको नगरपालिकाको ग्राउन्डमा हिड्दाहिड्दै एक्कासि ढलेका थिए।

स्थानीयहरूले तत्काल उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र कमलबजार लगेको र मध्याह्न १२ः३५ बजे डाक्टरले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

सरकारले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि अछाम जस्ता दुर्गम क्षेत्रका जेष्ठ नागरिक अपाङ्गता भएकाहरूले सास्ती खेप्नुपरेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।