आस्था /आध्यात्म

सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष मुम्बईको साकीनाका सत्संगमा सरिक

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

म्बई, ६ भाद्र । सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष मुम्बईको साकीनाका सत्संगमा सरिक हुनुभएको छ ।


सागबाग भवनमा आयोजित सत्संग कार्यक्रमलाई सम्बोधित गर्दै उहाँले भन्नुभयो कि काम, क्रोध, लोभ, मोह, अहंकारले आजका मानवलाई आफ्नामा नियन्त्रणमा लिन सफल भएको छ । आज संसारमा कोहि पनि मानव यसबाट अछुतो रहन सकेको छैन । यसले मानवलाई अधोगतितिर लिएर गइरहेको छ । जसबाट मानव आफ्नै दुःखको कारणले यसको फेरोमा अल्झिै आएको छ । यसबाट यदि मुक्ति पाउनु छभने सत्गुरुको शरणमा आएर ब्रम्हज्ञानलाई प्राप्त गर्नु अनिवार्य रहेको उहाँले बताउनु भयो ।

बिज्ञापन

त्यस्तै प्रकार जब काम, क्रोध, लोभ, मोह, अहंकार अनियन्त्रि हुन पुग्छ, त्यति बेला यिनीहरुले शत्रुको रुप धारण गर्दछन् र त्यसले मानवलाई विनाशको बाटोमा लिएर जान्छन् । यिनीहरुलाई नियन्त्रण गर्न निकै कठिन हुन्छ, जबसम्म मानव सत्गुरुको शरणमा आउँदैन । यिनीहरुलाई नियन्त्रण त्यति बेला गर्न सकिन्छ जब हामी ब्रम्हज्ञानलाई आफ्नो जीवनको प्रमुख अंग बनाउँछा्रै, त्यसै अनुसार आफ्नो कर्म गर्छौ । मनलाई चोट पुरयाउने जतिपनि विकृतिहरु छन् त्यसलाई सत्गुरुको शरणमा त्यागेर सधैं गुरमतको आदेशमा जीवन बाँच्न थाल्छौभने अवश्य पनि हाम्रो मानव योनि सुन्दर बन्न जान्छ, उहाँले सम्झाउनु भयो ।

मानव हृदयमा जबसम्म भक्तिको ज्योति जल्दैन, तबसम्म हामी भित्र अहंकारको अध्याँरोले सधैं पिरोली रहने छ, त्यसले मानव जीवनलाई सुमार्गतिर जान दिने छैन । जब हामी भक्तिलाई स्वीकार गर्दछौ, सबैलाई प्रेम, सत्कार गर्छौ र सेवा, सत्संग, सुमिरण गर्दै सत्गुरुको शरणमा न्यौछावर हुन्छौ भने मानव योनि पाएको सफल हुन सक्छ, उहाँले बताउनु भयो ।

उक्त अवसरमा स्थानीय सन्त–भक्तहरुले भजन वा प्रवचनको माध्यमबाट आ–आफ्नो भाव व्यक्त गरेका थिए भने मुम्बईमा रहेको नेपाली समाज कल्याण संघका पदाधिकारीहरुले सन्त निरंकारी मण्डल नेपालका अध्यक्षको स्वागत गरेको थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।