राजनीति

बाबुरामको अपिल : आन्दोलन लक्ष्यमा नपुगी बीचमै छोड्नुहुन्न

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

२४ भदौ, काठमाडौं। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा.बाबुराम भट्टराईले जेनजीलाई अपील गर्दै आन्दोलनमा घुसपैठ हुनसक्नेप्रति सचेत बनाएका छन् ।

आन्दोलनमा गलत तत्वहरूको घुसपैठ हुन नदिन र ’भेडाको छाला ओढेर आउने ब्वाँसाहरू’ लाई समयमै चिन्न सतर्कता अपनाउन र पूर्वयोजना बनाउन अपील गरेका छन् ।

बिज्ञापन

नेतृत्व इतिहासको आवश्यकता र आकस्मिकताले जन्मिने उल्लेख गर्दै डा. भट्टराईले नयाँ नेतृत्व संघर्ष मार्फत पुरानो विचार र पुरानो नेतृत्वलाई विस्थापित गरेर मात्र स्वयं स्थापित हुने बताएका छन्।

प्रसिद्ध बोली उधृत गर्दै भट्टराईले ‘इतिहास दोहोरिन्छ, किनकि मानिसहरूले आफ्ना गल्तीहरू दोहोर्याउँछन्’ उल्लेख गर्दै जेनजी पुस्ताले ध्यान पुर्‍याउनु पर्ने विषयमा उनको आग्रह छ ।‘आन्दोलनलाई लक्ष्यमा नपुर्याएसम्म वीचैमा छोड्नुहुन्न । अधिकतम र न्यूनतम लक्ष्य किटान गरेर र शक्तिसन्तुलनको हिसाब गरेर नेतृत्वले सुझबुझपूर्ण निर्णय गर्नुपर्छ,’ भट्टराईले भनेका छन्,’ भट्टराईले जेनजी पुस्तालाई भनेका छन्,‘संघर्षको जुन रूप निर्धारण गरिएको छ (अहिलेको शान्तिपूर्ण रूप!) त्यसमा दृढ रहनुपर्छ। कसैको वहकावमा आउनुहुन्न ।’

’भूइँको टिप्न खोज्दा पोल्टाको नखसोस्’ भनाईप्रति ख्याल गर्न भट्टराईले सुझाव दिएका छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।