देउवाको स्वास्थ्य सुधारोन्मुख, टाउकोमा १२ वटा टाँका

जेन–जी आन्दोलनका क्रममा आक्रमणबाट घाइते भएका पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्य अवस्था सुधारोन्मुख छ। सभापति देउवा र पार्टी केन्द्रीय सदस्य आरजु राणा देउवा दुवैको स्वास्थ्य क्रमिक रूपमा सुधार भइरहेको नेता मीन विश्वकर्माले जानकारी दिए।
कार्यसम्पादन बैठकपछि पत्रकारहरूसँग विश्वकर्माले भने, ‘टाउकोको पछाडि (गर्धनमाथि) गम्भीर चोट लागेको र त्यसमा करिब १२ वटा टाँका परेको छ। त्योभन्दा तल गर्धनमा सामान्य चोट छ।’

दुवैजनाको स्वास्थ्य सुधारोन्मुख रहेको बताउँदै विश्वकर्माले थपे, ‘उहाँ सामान्य बोलचाल गर्ने, हिँडडुल गर्ने र पार्टीका साथीहरूसँग सम्पर्क र संवाद गर्न सक्ने हुनुहुन्छ।’
सभापति देउवालाई उठ्दा चक्कर लाग्ने, धेरैबेर बोल्दा असहज हुने भएकाले चिकित्सकले अझै आराम गर्न भनेकाे नेता विश्वकर्माले जानकारी दिए।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
