देउवाको स्वास्थ्य सुधारोन्मुख, टाउकोमा १२ वटा टाँका
लोक कल्याणकारी विज्ञापन

जेन–जी आन्दोलनका क्रममा आक्रमणबाट घाइते भएका पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्य अवस्था सुधारोन्मुख छ। सभापति देउवा र पार्टी केन्द्रीय सदस्य आरजु राणा देउवा दुवैको स्वास्थ्य क्रमिक रूपमा सुधार भइरहेको नेता मीन विश्वकर्माले जानकारी दिए।
लोक कल्याणकारी विज्ञापन

कार्यसम्पादन बैठकपछि पत्रकारहरूसँग विश्वकर्माले भने, ‘टाउकोको पछाडि (गर्धनमाथि) गम्भीर चोट लागेको र त्यसमा करिब १२ वटा टाँका परेको छ। त्योभन्दा तल गर्धनमा सामान्य चोट छ।’
लोक कल्याणकारी विज्ञापन

दुवैजनाको स्वास्थ्य सुधारोन्मुख रहेको बताउँदै विश्वकर्माले थपे, ‘उहाँ सामान्य बोलचाल गर्ने, हिँडडुल गर्ने र पार्टीका साथीहरूसँग सम्पर्क र संवाद गर्न सक्ने हुनुहुन्छ।’
बिज्ञापन

सभापति देउवालाई उठ्दा चक्कर लाग्ने, धेरैबेर बोल्दा असहज हुने भएकाले चिकित्सकले अझै आराम गर्न भनेकाे नेता विश्वकर्माले जानकारी दिए।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

