सन्त निरंकारी मण्डल नेपालको ३६औं साधारण सभा सम्पन्न

सुर्खेत (बीरेन्द्रनगर), ५ असोज । सन्त निरंकारी मण्डल नेपालको ३६औं साधारण सभा असोज ३ गते सुर्खेतको बीरेन्द्रनगरमा सम्पन्न भएको छ । सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलको सभापतित्वमा आयोजित उक्त साधारण सभामा सन्त निरंकारी मण्डल नेपालका कार्य–समितिका पदाधिकारी एवं सदस्य, सल्लाहकार समिति सदस्य, प्रमुख, नेपालका विभिन्न ठाउँबाट आएका ज्ञान प्रचारक, मुखी, क्षेत्रिय सेवादल संचालक, संचालक, संचालिका तथा आमन्त्रित अतिथि महानुभावहरुको उत्साह वर्धक सहभागिता रहेको थियो ।

सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलद्वारा पानसमा बत्ति बालेर उद्घाटन गरिएको उक्त कार्यक्रममा केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख देवराज रिमालले स्वागत मन्तव्य दिनुभएका थियो भने केन्द्रीय सचीव अनिल महर्जनले आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रतिवेद प्रस्तुत गर्नु भएको थियो । वार्षिक प्रतिवेदनमा सन्त निरंकारी मिशनको परिचय, सन्त निरंकारी मिशनको संक्षिप्त इतिहास, विभिन्न समयमा आयोजित सन्त निरंकारी मिशनका अन्तर्राष्ट्रिय पर्व तथा दिवस, सामाजिक गतिविधि, प्रचार–प्रसार गतिविधि, प्रोजेक्ट अमृत अन्र्तगत विभिन्न सत्संग भवन क्षेत्रमा पर्ने पानीका स्रोतहरु जस्तै धारा, पँधेरा, इनार, कुवा, नदी, ताल, झरना, पोखरी आदिको सरसफाई तथा संरक्षण लागि चेतना फैलाउने स्लोगन लेखिएका कार्ड बोकी नगर÷गाउँ परिक्रमा गरिएको प्रतिवेदन प्रस्तुत गर्नुभयो । त्यस्तै मानव एकता दिवसको अवसरमा सन्त निरंकारी मण्डल नेपालद्वारा आयोजित विभिन्न रक्तदान शिविर कार्यक्रमा १२७१ यूनिट रगत संकलन गरिएको प्रतिवेदन पेश गर्नुभएको थियो ।


त्यस्तै सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय कोषाध्यक्ष कृष्ण कन्हैया पठाकले आर्थिक वर्ष ०८१÷०८२ को विनियोजित आय तथा चालु आर्थिक वर्ष ०८२÷०८३ को लागि आय विवरण प्रस्तुत गर्नु भएको थियो भने आर्थिक वर्ष ०८१÷०८२ को विनियोजित व्यय र वास्तविक व्यय तथा चालु आ.व. ०८२÷८३ को लागि अनुमानित व्यय विवरण प्रस्तुत गर्नु भएको थियो ।

साधारण सभाले पहिलेकै ९ सदस्य कार्य–समितिलाई चयन गरेको छ भने अरु त्यसमा दुई जना नयाँ सदस्य चयनगरि अब ११ सदस्य कार्य–समिति गठन गरेको छ । नयाँ पूर्नगठन गरिएको कार्य–समितिमा निम्न सदस्यहरु रहेका छन्–
१.अध्यक्ष – नर बहादुर रावल
२.उपाध्यक्ष – कृष्ण बहादुर पन्थ
३.सचिव – अनिल महर्जन
४.सह सचिव – नर बहादुर विश्वकर्मा
५.कोषाध्यक्ष – कृष्ण कन्हैया पाठक
६.सदस्य – देवराज जैसी
७.सदस्य – दल बहादुर राना
८.सदस्य – नर बहादुर बटाला
९.सदस्य – बाबुराज महर्जन
१०.सदस्य – बेचु रजक (नयाँ मनोनित सदस्य)
११.सदस्य – पुष्पा डांगी (नयाँ मनोनित सदस्य) रहेका छन् ।

कार्यक्रमलाई सफाल पार्न सन्त निरंकारी मण्डल नेपालका सुर्खेत जिल्ला संयोजक, मुखी, सेवादल सदस्य लगाएत स्थानीय सन्त–भक्तहरुको ठूलो सहयोग रहेको थियो भने कार्यक्रम गर्न सामुदायिक सिकाई केन्द्र सुर्खेतले आफ्नो भवनलाई सहुलित रुपमा उपलब्ध गराएको थियो । कार्यक्रमको संचालन सन्त निरंकारी मण्डल नेपालका केन्दीय सह–सचिव नर बहादुर विश्वकर्माले गर्नुभएको थियो ।

डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.