राष्ट्रिय समाचार

घुस लेनदेनमा निवर्तमान भूमि व्यवस्था मन्त्री अधिकारी र सचिव पोखरेलमाथि अख्तियारले दोस्रो चरणको अनुसन्धान गर्ने 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

लिचीबगान जग्गासम्बन्धी घुस प्रकरणमा जोडिएका तत्कालीन भूमि व्यवस्था मन्त्री बलराम अधिकारी र सचिव अर्जुन अधिकारीमाथि दोस्रो चरणमा अनुसन्धान गर्ने निर्णय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छ । 

बुधवार तत्कालीन सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र पूर्व भूमि व्यवस्था मन्त्री रञ्जिता श्रेष्ठसहित सात जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । अधिकारी र पोखरेलका हकमा अलगै अनुसन्धान गर्नुपर्ने भएको भन्दै अख्तियारले दोस्रो चरणको अनुसन्धान अघि बढाउने निर्णय गरेको हो ।

बिज्ञापन

बिचौलिया सुजन लामासँग तत्कालीन मन्त्री अधिकारीले ३२ लाख घुस लिएको र तत्कालीन सचिव अर्जुन प्रसाद पोखरेल (हाल अवकास) ले पाँच लाख रुपैयाँसहित १० हजार रुपैयाँ मूल्यको सामान, ग्लेनफिडिच रक्सी र दुई वटा वन कुखुरा लिएको विषयका सम्बन्धमा छुट्टै मिसिल खडा गरी अनुसन्धान अधिकृत तोकी थप अनुुसन्धान गर्ने निर्णय भएको अख्तियारले आरोपपत्रमा उल्लेख गरेको छ । 

फरकफरक प्रकृतिका र फरकफरक समय अवधिका वारदात फरकफरक निर्णयकर्ता भएकाले ती विविध विषयका मुद्दा एउटै आरोपदावीमा समावेश गरी ल्याएको आरोप दावी प्रचलित कानुनको भावना अनुकूल नदेखिँदा अबदेखि भविश्यमा प्रचलित कानुनी व्यवस्था अनुरुप वारदातको प्रकृति, वारदातको मिति, विषयवस्तु र संलग्न व्यक्तिहरू भिन्नभिन्नै भएमा भिन्नाभिन्नै आरोपपत्र ल्याउन अघिल्ला फैसलामा विशेष अदालतले आदेश गरेबमोजिम अधिकारी र पोखरेलका हकमा थप अनुसन्धान गर्न लागिएको अख्तियारले जनाएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।