वीर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ
लोक कल्याणकारी विज्ञापन

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहाल घुससहित रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई आइतबार कार्यालयबाटै रंगेहात पक्राउ गरेको हो।
उनीसँग एक लाख २० हजार आठ सय ५० रुपैयाँ घुस रकम बरामद भएको आयोगका प्रवक्ता राजेन्द्र पौडेलले बताए। सप्लायर्सहरूलाई नियमित दिनुपर्ने भुक्तानी रोकेर उनले घुस लिएका हुन्। बोडे स्थायी घर भएका दाहालको मोबाइलसमेत आयोगले नियन्त्रणमा लिएर छानबिन अघि बढाएको छ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
